Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

तत्काल तीन ठाउँमा बेलिब्रिज राख्न सरकारले थाल्यो अध्ययन


१५, भदौ २०८३
  • 74
    SHARES
  • तत्काल तीन ठाउँमा बेलिब्रिज राख्न सरकारले थाल्यो अध्ययन

    काठमाडौँ। विनाशकारी बाढीका कारण पुल भत्किएर सडक सम्पर्क प्रभावित भएकामध्ये तीन स्थानमा तत्काल बेलिब्रिज राख्ने विषयमा सरकारले अध्ययन थालेको छ।

    प्रधानमन्त्री बालेन शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइरहेको जानकारी गराएका हुन् ।

    बाढीका कारण रसुवा, नुवाकोट र धादिङका अधिकांश स्थानमा पुल भत्किएपछि आवतजावत प्रभावित भएको छ। सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन्।

    उनका अनुसार सरकारसँग ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटर लम्बाइको एउटा बेलिब्रिज उपलब्ध छन्। तीमध्ये आवश्यकताअनुसार तीन स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको हो।

    यसैबिच भारत सरकारबाट २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ। भारतले थप सात वटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ भने चीन सरकारबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुने प्रधानमन्त्री शाहले जानकारी दिए।

    यसअघि बाढीका कारण प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभाग सडक सञ्जालमा पुनः जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएको प्रधानमन्त्री शाहले बताए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend