Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

छ विश्वविद्यालयमा नयाँ नेतृत्व टोली : त्रिविमा शिवाकोटी र सिंह, अन्य विश्वविद्यालयमा पनि रजिस्ट्रार नियुक्त


१७, भदौ २०८३
  • 110
    SHARES
  • छ विश्वविद्यालयमा नयाँ नेतृत्व टोली : त्रिविमा शिवाकोटी र सिंह, अन्य विश्वविद्यालयमा पनि रजिस्ट्रार नियुक्त

    काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित देशका छ विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा सरकारले नयाँ पदाधिकारी नियुक्त गरेको हो।

    प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले विभिन्न विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन्।

    नयाँ नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्। सिंह विज्ञान संकायकी प्राध्यापक हुन् भने शिवाकोटी शिक्षा शास्त्र संकायमा प्राध्यापनरत छन्।

    त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयमा प्रा.डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. तारादत्त भट्ट नियुक्त भएका छन्।

    यसैगरी मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।

    नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारले मंगलबार नै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।

    ‘विश्वविद्यालय सुधारमा टिमवर्क आवश्यक’

    शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि नवनियुक्त पदाधिकारीलाई प्रभावकारी समन्वय र टिमवर्कका साथ काम गर्न निर्देशन दिए।

    उनले उच्च शिक्षाको गुणस्तर सुधारका लागि उपकुलपति, रजिस्ट्रार तथा अन्य पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताए। विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

    मन्त्री पोखरेलले विश्वविद्यालय सुधारका लागि मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।
    शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

    मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको संस्थागत क्षमता अभिवृद्धिमा नयाँ पदाधिकारीले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

    गुणस्तरीय जनशक्ति उत्पादनमा जोड

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयहरूबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए।

    पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले आफूलाई दिइएको जिम्मेवारी इमानदारी र कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

    विश्वविद्यालयमा लामो समयदेखि देखिँदै आएका प्रशासनिक, शैक्षिक तथा परीक्षा प्रणालीसम्बन्धी चुनौतीबीच नयाँ पदाधिकारीको नियुक्तिलाई विश्वविद्यालय सुधारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। 

    अब नवनियुक्त पदाधिकारीले शैक्षिक गुणस्तर, अनुसन्धान, परीक्षा प्रणाली र प्रशासनिक सुधारमा कस्तो परिणाम दिन्छन् भन्ने विषय महत्वपूर्ण हुनेछ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend