Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

चीनले पुनः सञ्चालनमा ल्यायो टिमुरे–केरुङ सडक, उद्धार टोली प्रभावित क्षेत्रमा पुग्दै


१७, भदौ २०८३
  • 71
    SHARES
  • चीनले पुनः सञ्चालनमा ल्यायो टिमुरे–केरुङ सडक, उद्धार टोली प्रभावित क्षेत्रमा पुग्दै

    काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्याएको छ। बाढीपछि चीनले रातदिन काम गरेर सडक मर्मत तथा पुनःनिर्माण सम्पन्न गरेपछि बुधबार बिहान करिब ८ बजेदेखि आवागमन खुलाइएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

    भदौ १० गते आएको बाढीले नेपालतर्फको टिमुरे नाका र चीनतर्फको केरुङ पोर्ट जोड्ने सडक तथा संरचनामा ठूलो क्षति पुर्‍याएपछि दुई देशबीचको स्थलमार्ग सम्पर्क अवरुद्ध भएको थियो।

    सडक खुलेसँगै चिनियाँ उद्धार टोली, राहत सामग्री र आवश्यक उद्धार उपकरण प्रभावित क्षेत्रतर्फ पठाउन थालिएको छ। चिनियाँ उद्धार टोली केरुङ पोर्टसम्म पुगिसकेको जनाइएको छ।

    तर, चीनतर्फ सडक सञ्चालनमा आए पनि नेपालतर्फ टिमुरे नाकासम्म पुग्ने सडक अझै सहज भइसकेको छैन। नेपालतर्फको सडक सम्पर्क पनि पुनःस्थापित भएपछि खोजी, उद्धार तथा राहत कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

     
     
     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend