Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री बालेनले संसद्मा सुनाए बाढीपछिको सरकारको ‘एक्सन प्लान’, के–के भने ?


१७, भदौ २०८३
  • 87
    SHARES
  • प्रधानमन्त्री बालेनले संसद्मा सुनाए बाढीपछिको सरकारको ‘एक्सन प्लान’, के–के भने ?

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले गरेको खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको प्रयासबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

    संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्पछि सरकारले तत्कालै सुरक्षा निकाय परिचालनदेखि हेलिकप्टर उद्धार, उपचार र राहत व्यवस्थापनसम्मका काम अघि बढाएको बताए। उनका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। उद्धार गरिएका घाइतेमध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

    बाढीबाट प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको र मृतकका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको प्रधानमन्त्रीले बताए। घरबारविहीन नागरिकका लागि अस्थायी आश्रय, खाने–बस्ने व्यवस्था तथा अवरुद्ध विद्युत्, सञ्चार, सडक र खानेपानी सेवा पुनःस्थापनामा सरकार केन्द्रित रहेको उनको भनाइ छ।

    प्रधानमन्त्रीका अनुसार बाढीबाट १ हजार ११४ शव फेला परेका छन्, जसमध्ये ९५ शवको पहिचान भई परिवारले बुझिसकेका छन्। पहिचान हुन नसकेका शवलाई वैज्ञानिक प्रक्रिया पूरा गरी सुरक्षित व्यवस्थापन गरिएको र डीएनएलगायतका आधार सुरक्षित राखिएको उनले बताए।

    पूर्वाधारतर्फ पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। भोटेकोशी–त्रिशूली करिडोरका जलविद्युत् आयोजनासहित सडक र पुलमा व्यापक क्षति पुगेको सरकारले जनाएको छ। क्षतिग्रस्त सडक तथा पुल पुनःनिर्माण र यातायात सम्पर्क पुनःस्थापनालाई पनि सरकारले प्राथमिकतामा राखेको छ।

    प्रधानमन्त्री शाहले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीनको अस्थायी र दीर्घकालीन पुनःस्थापनाको काम जारी रहने बताए। “कोही कतै छुट्नु हुने छैन” भन्दै उनले सरकार विपद्पीडित नागरिकसँगै रहेको प्रतिबद्धता व्यक्त गरे।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend