बुटवल । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेसन बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै विश्व ज्योतिष महासघका अध्यक्ष पञ्चाङ्गार डा. लोकराज पौडेलले विश्वका ज्योतिषहरुको हकहितका लागी यो संस्था आवश्यक रहेको औल्याउनुभयो । उहाँले ज्योतिषहरुलाई संगठित गर्नका लागी २०४२ सालमा झापामा संस्था दर्ताका लागी तत्कालिन राज्य व्यवस्थाबाट भएको अवरोधको तितो अनुभव सुनाउदै पौडेलले हाल आएर विश्वभरी रहेका ज्योतिषहरु संगठित हुदाँ खुसी लागेको बताउनुभयो । पौडेलले ज्योतिष क्षेत्र अत्यन्त संवेदनशिल भएको बताउदै सल्लाह,सुझाव दिदा अध्ययन,अनुसन्धान,अनुभव र मर्मलाई ख्याल गनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विश्व ज्योतिष महासंघका सहअध्यक्ष वास्तुविद् डा. माधव मंगल जोशीले माथि विभिन्न ग्रहहरु र तल जमीन दुई वटा शक्तिहरुको बीचमा हामीहरु छौ उहाँले भन्नुभयो । त्यसैले वास्तुकलालाई नबुझी अगाडि बढेर काम गर्दा ठूलो क्षति हुने सम्भावना रहेकाले विश्वास गरे फाइदा नै पुग्ने बताउनुभयो ।
त्यसैगरी दक्षिण एसियाली ज्योतिष महासंघका सभापति लक्ष्मण पन्थीले ज्योतिष पेसालाई मर्यादित र व्यवसायिक बनाउन आग्रह गर्नुभयो । विश्व ज्योतिष महासंघका प्रवक्ता समेत रहनुभएका पन्थीले ज्योतिष पेसामा लागेहरुलाई विधिवत रुपमा दर्ता गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय ज्योतिष समिति नेपालका सभापति खिलनाथ काफ्ले,विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका महासचिव कमल पौडेल,रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका संयोजक सुन्दर भण्डारीको सभापतित्व र राष्ट्रिय ज्योतिष समिति नेपालका महासचिव रविन पंगेनीले संचालन गर्नुभएको थियो । त्यस्तै सोही कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघका पूर्व उपमहासचिव थानेश्वर देवकोटालाई सम्मान गरिएको थियो ।