Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै


१८, भदौ २०८३
  • 179
    SHARES
  • जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै

    काठमाण्डौ – रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ ।

    नेपाली सेना र विभिन्न देशका विज्ञसहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन  । खोज तथा उद्धारको प्रयास निरन्तर भैरहेको नेपाली सेनाले जनाएको छ ।

    लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिकसहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएको छ । आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ ।

    परियोजनाका ४१ जना सम्पर्कविहीन छन् । यस्तै ३०० भन्दा धेरै सुरुङमा फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली १ मा उद्धारका लागि कोरियाबाट ४४ जनाको टोली हिजो आइपुगेको छ ।

    नेपाली सेनाको उद्धार टोलीले १६० मिटरभित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो । हिजो दिनभर हेडवक्र्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ । त्रिशूली ३ ‘ए’मा निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन । नेपाली सेनासहितको ९३ जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ ।

    यो सुरुङभित्र ३५ जना फसेको अनुमान छ । यस्तै २१३ जना सम्पर्कविहीन भएको त्रिशूली ३ ‘बी’मा आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसक्षेत्रमै खोजी भएको सेनाले जनाएको छ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा साउन्ड डिटेक्टरबाट मनिटरिङ शुरु गरिएको छ । यस सुरुङमा ८ जना सुरुङमा फसेको अनुमान गरिएको छ ।

    निरन्तरको वर्षाले नदीमा पानीको सतह बढिरहेकाले उद्धारमा सोचेअनुरूप प्रगति हुन नसकेको चिलिमे जलविद्युत् कम्पनीले जनाएको छ । यसअघि रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा २५० मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत्गृहतर्फ खोजी थालिएको छ ।

    ९३ जना सम्पर्कविहीन भएको यहाँ नेपाली सेनासँगै चिनियाँ टोलीले पनि काम गरिरहेको छ । सातजना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend