Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढीको कहर : १,२५२ शव फेला, अझै ४,२१६ जना सम्पर्कविहीन


१८, भदौ २०८३
  • 93
    SHARES
  • भोटेकोशी बाढीको कहर : १,२५२ शव फेला, अझै ४,२१६ जना सम्पर्कविहीन

    काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। बाढीबाट प्रभावित आठ जिल्लामा ठूलो मानवीय क्षति भएको छ भने हजारौँ नागरिक अझै सम्पर्कविहीन छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार मध्याह्न सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा सबैभन्दा धेरै ३५५ शव फेला परेका छन्। त्यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ शव भेटिएका छन्।

    प्राधिकरणका अनुसार विपद्पछि अझै ४ हजार २१६ जना नागरिक सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकाय तथा अन्य उद्धार टोली परिचालन भइरहेका छन्।

    यसबीच बाढी तथा त्यसबाट सिर्जित विपद्मा परेका ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। बाढीमा परी ५ हजार १३५ जना घाइते भएको प्राधिकरणको पछिल्लो तथ्यांकमा उल्लेख छ।

    खोजी अभियान अझै चुनौतीपूर्ण

    बाढीले ठूलो भूभाग प्रभावित पार्नुका साथै सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुर्‍याएपछि उद्धार तथा खोजी कार्य थप कठिन बनेको छ। कतिपय क्षेत्रमा यातायात र सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार टोलीलाई प्रभावित स्थानसम्म पुग्नसमेत समस्या भइरहेको छ।

    अहिले फेला परेका शवको पहिचान गरी आफन्तलाई बुझाउने र सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य निरन्तर भइरहेकाले आगामी दिनमा मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने देखिएको छ।

    विपद्को वास्तविक मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी छ। बाढीले पुर्‍याएको क्षतिको पूर्ण तस्वीर अझै बाहिर आइनसकेकाले प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाको चुनौती झनै गम्भीर बन्दै गएको छ।

     
     
     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend