Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

चमत्कारिक उद्धार : भोटेकोशीको भीषण बाढीको ११ दिनपछि ६४ वर्षीया चण्डिका जीवितै भेटिइन्


२०, भदौ २०८३
  • 98
    SHARES
  • चमत्कारिक उद्धार : भोटेकोशीको भीषण बाढीको ११ दिनपछि ६४ वर्षीया चण्डिका जीवितै भेटिइन्

    नुवाकोट । भोटेकोशी नदीमा आएको भीषण बाढीको ११ दिनपछि नुवाकोटको बेत्रावती बजारबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको छ।

    गत १० भदौमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेकी विदुर नगरपालिका–१० निवासी श्रेष्ठ शुक्रबार बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरभित्र अचेत अवस्थामा जीवितै भेटिएकी हुन्।

    सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन बिकको कमान्डमा खटिएको उद्धार टोलीले उनको उद्धार गरेको हो।

    उद्धारपछि श्रेष्ठलाई तत्काल हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइँदैछ। त्यहाँ प्रारम्भिक उपचार गरिएपछि स्वास्थ्य अवस्थाअनुसार थप उपचारका लागि काठमाडौँ पठाइने उद्धार टोलीले जनाएको छ।

    भीषण बाढी आएको ११ दिनसम्म जीवित रहन सफल श्रेष्ठको उद्धारलाई अहिले एक चमत्कारिक घटनाका रूपमा हेरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend