Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नाम्रुङ खोलामा मध्यरातको भीषण बाढी : चार घर र मुख्य फलामे पुल बगायो, स्थानीय सुरक्षित


२१, भदौ २०८३
  • 74
    SHARES
  • नाम्रुङ खोलामा मध्यरातको भीषण बाढी : चार घर र मुख्य फलामे पुल बगायो, स्थानीय सुरक्षित

    काठमाडौं । गोरखाको उत्तरी भेगस्थित चुमनुब्री गाउँपालिका–४ मा गएराति आएको भीषण बाढीले चारवटा घर तथा एउटा मुख्य फलामे पुल बगाएको छ। रातको समयमा लेदोसहित आएको बाढीले बस्तीमा ठूलो क्षति पुर्‍याए पनि स्थानीयवासी समयमै सुरक्षित स्थानमा पुगेका कारण मानवीय क्षति भने हुन पाएन।

    नाम्रुङ खोलामा गएराति करिब ३ बजेतिर अचानक आएको बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार बाढी आउनुअघि नै स्थानीयवासीले जोखिम महसुस गरी सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए। यसका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

    बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ लाई जोड्ने मुख्य फलामे पुलसमेत बगाएको छ। पुल बगेसँगै दुई वडाबीचको आवतजावत प्रभावित भएको छ भने स्थानीयको दैनिक जीवनमा थप कठिनाइ उत्पन्न भएको छ।

    हिमाली तथा दुर्गम क्षेत्रमा पर्ने नाम्रुङ क्षेत्रमा आएको यस बाढीले स्थानीय बस्तीको जोखिमलाई पुनः उजागर गरेको छ। रातको समयमा अचानक आएको बाढीका कारण स्थानीय त्रसित बनेका थिए।

    यद्यपि, आइतबार बिहानदेखि खोलाको बहाव क्रमशः घट्दै गएको प्रहरीले जनाएको छ। अहिले नाम्रुङ खोलाको अवस्था सामान्य बन्दै गएको छ।

    सम्बन्धित निकायले क्षतिको थप विवरण सङ्कलन गर्नुका साथै प्रभावित परिवारको अवस्था र आवश्यक राहत तथा पुनःस्थापनाका विषयमा जानकारी लिइरहेको जनाइएको छ। दुर्गम हिमाली क्षेत्रमा सडक तथा वैकल्पिक पहुँच सीमित भएकाले पुल बग्नु स्थानीयका लागि थप चुनौतीपूर्ण बनेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend