Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पाकिस्तानको साथ : बाढीपहिरो प्रभावित नेपालीका लागि १०० टन मानवीय सहायता


२२, भदौ २०८३
  • 107
    SHARES
  • पाकिस्तानको साथ : बाढीपहिरो प्रभावित नेपालीका लागि १०० टन मानवीय सहायता

    काठमाडौं । विनाशकारी बाढीपहिरोबाट प्रभावित नेपाली नागरिकका लागि पाकिस्तानले १०० टन मानवीय सहायता सामग्री पठाएको छ। विपद्को पीडामा रहेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै पाकिस्तानले टेन्ट, कम्बल, म्याट, सरसफाइ सामग्री तथा अत्यावश्यक औषधिसहित ठूलो परिमाणमा राहत सामग्री नेपाल पठाएको हो।

    पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको निर्देशनमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) को समन्वयमा राहत सामग्री नेपाल पठाइएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। सहायता सामग्री बोकेको चार्टर्ड विमान इस्लामाबादबाट काठमाडौंका लागि प्रस्थान गरेको छ।

    राहत सामग्री पठाउनुअघि इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा पाकिस्तानका संघीयमन्त्री तारिक फजल चौधरी, पाकिस्तानका लागि नेपालकी कार्यवाहक राजदूत रीता धिताल तथा विदेश मन्त्रालय र एनडीएमएका अधिकारीहरूको उपस्थिति रहेको थियो।

    पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले विपद्को कठिन घडीमा प्रभावित नेपालीप्रति पाकिस्तानको साथ र ऐक्यबद्धता रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक सहयोग गर्न पाकिस्तान तयार रहेको बताएका छन्।

    यसअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ स्वयं इस्लामाबादस्थित नेपाली दूतावास पुगेर नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले कार्यवाहक राजदूत रीता धितालसँग भेट गर्दै ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गरेका थिए।

    विपत्तिले ठूलो मानवीय संकट सिर्जना गरिरहेका बेला पाकिस्तानबाट आएको १०० टन राहत सामग्रीले प्रभावित नेपालीको तत्कालीन राहत तथा पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। संकटको घडीमा पाकिस्तानले देखाएको यो मानवीय साथले नेपालप्रति अन्तर्राष्ट्रिय ऐक्यबद्धता थप बलियो बनेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend