Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

त्रिशूली–३ ‘बी’मा बेपत्ताको खोजी सुस्त भएको आरोप, परिवार माइतीघरमा प्रदर्शनमा


२२, भदौ २०८३
  • 72
    SHARES
  • त्रिशूली–३ ‘बी’मा बेपत्ताको खोजी सुस्त भएको आरोप, परिवार माइतीघरमा प्रदर्शनमा

    काठमाडौं । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य तीव्र बनाउन माग गर्दै परिवारजन तथा आफन्त सोमबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन्।

    बाढी आएको लामो समय बितिसक्दा पनि आयोजनास्थलमा खोजी तथा उद्धार कार्य अपेक्षाअनुसार प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनकारीहरूले बेपत्ता व्यक्तिको खोजीलाई उच्च प्राथमिकतामा राखी उपलब्ध सबै स्रोत–साधन, प्रविधि र जनशक्ति परिचालन गर्न माग गरेका छन्।

    प्रदर्शनमा सहभागी सुमन नयाँजूले त्रिशूली–३ ‘बी’ क्षेत्रमा उद्धार अभियान अझै पर्याप्त गतिमा अघि बढ्न नसकेको गुनासो गरे। उनका अनुसार आयोजनाको भवन, आवास तथा कार्यालय क्षेत्रका केही भाग अझै पुरिएको अवस्थामा रहेका कारण बेपत्ता व्यक्तिको खोजी चुनौतीपूर्ण बनेको छ।

    उनले उद्धार अभियानको सुरुआती चरणमै उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन हुनुपर्नेमा ढिलाइ भएको आरोप लगाए। निजी क्षेत्रले समेत उद्धार कार्यमा सहयोग गर्न इच्छा देखाउँदा सुरुका दिनमा अनुमति नदिइएको र बाढी आएको सातौँ दिनपछि मात्रै निजी कम्पनीलाई उद्धार अभियानमा सहभागी गराइएको उनको दाबी छ।

    ‘अहिले सरकार चुक्यो कि चुकेन भन्ने बहसभन्दा पनि बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई तत्काल प्राथमिकता दिन आवश्यक छ,’ नयाँजूले भने, ‘राज्यसँग उपलब्ध सम्पूर्ण स्रोत, आधुनिक प्रविधि र आवश्यक जनशक्ति परिचालन गरेर खोजी अभियानलाई तीव्र बनाउनुपर्छ।’

    उनले सुरक्षा निकायले अन्य प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा उद्धार अभियान सञ्चालन गर्दै जीवित व्यक्तिको समेत उद्धार गर्न सफल भएको उल्लेख गर्दै त्रिशूली–३ ‘बी’ क्षेत्रमा पनि सोही स्तरको प्राथमिकता र सक्रियता आवश्यक रहेको बताए।

    प्रदर्शनकारीहरूले बेपत्ता व्यक्तिका परिवार तथा आफन्तसँग प्रत्यक्ष समन्वय गरी खोजी अभियान सञ्चालन गर्नसमेत माग गरेका छन्। परिवारजनले स्थानीय भूगोल, कार्यस्थल र बेपत्ता भएका व्यक्तिको सम्भावित अवस्थाबारे जानकारी दिन सक्ने भएकाले उनीहरूलाई उद्धार अभियानमा समेत समेट्नुपर्ने उनीहरूको भनाइ छ।

    बेपत्ता व्यक्तिको अवस्था अझै अज्ञात रहँदा परिवारजनमा चिन्ता र पीडा बढ्दै गएको छ। उनीहरूले समय बित्दै जाँदा खोजी तथा उद्धार थप कठिन बन्न सक्ने भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

    माइतीघरमा भएको प्रदर्शनमार्फत परिवार तथा आफन्तले एउटै माग दोहोर्‍याए-त्रिशूली–३ ‘बी’मा बेपत्ता भएकाको खोजीका लागि उपलब्ध सबै शक्ति, प्रविधि र स्रोत तत्काल परिचालन गरियोस् र उद्धार अभियानलाई युद्धस्तरमा अघि बढाइयोस्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend