Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

धादिङबेसी जोड्ने फुर्केखोला खण्डको वैकल्पिक सडक बन्द (सूचनासहित)


२३, भदौ २०८३
  • 58
    SHARES
  • धादिङबेसी जोड्ने फुर्केखोला खण्डको वैकल्पिक सडक बन्द (सूचनासहित)

    काठमाडाैं । धादिङको धादिङबेसी जोड्ने फुर्केखोला खण्डको वैकल्पिक सडक मंगलबार १० घण्टा बन्द गरिने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म १० घण्टा गाडीको आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको हाे।

    यहि भदौ १० गतेको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२, फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि अहिले ‘परेवाटार–पिपलटार–आदामटार–बेलिनटार–मास्टार’ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो ।

    यो वैकल्पिक सडकमा थप मर्मत सम्भारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनले जनाएको छ । सडक बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाडीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग ‘धादिङवेशी–सुनौला बजार–भोलें–कोशीखोला–फोसेटार–कल्लेरीटार’ वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न जारी सूचनामार्फत अनुरोध गरेको हाे ।

    पृथ्वीराजमार्ग अन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारको बीचमा पर्ने परेवाभीर खण्डमा भने मर्मतको काम सकिएसँगै हिजो बेलुकादेखि दुईतर्फी गाडी चल्न थालेका छन् ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend