Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मन्त्रीको अभिव्यक्तिप्रति ग्यास उद्योगीको आपत्ति, ‘अभावबारे वस्तुनिष्ठ समीक्षा गरियोस्’


२५, भदौ २०८३
  • 57
    SHARES
  • मन्त्रीको अभिव्यक्तिप्रति ग्यास उद्योगीको आपत्ति, ‘अभावबारे वस्तुनिष्ठ समीक्षा गरियोस्’

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ग्यास उद्योगीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। संघले जिम्मेवार मन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार, अमर्यादित र आपत्तिजनक रहेको भन्दै सरकारलाई वर्तमान ग्यास अभावको कारणबारे निर्मम तथा वस्तुनिष्ठ समीक्षा गर्न आग्रह गरेको छ।

    बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै संघले बिहीबार विज्ञप्ति जारी गरेको हो।

    संघका अनुसार विगत पाँच दशकभन्दा लामो समयदेखि एलपी ग्यासको कारोबार गर्दै आएका उद्योगहरूले विभिन्न विपद् र कठिन परिस्थितिमा आफ्ना स्रोतसाधन परिचालन गर्दै निरन्तर सेवा दिँदै आएका छन्। प्राकृतिक विपत्तिका बेला समेत ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन उद्योगहरू सक्रिय रहेको अवस्थामा उद्योगीमाथि दोषारोपण गर्ने किसिमको अभिव्यक्ति आउनु खेदजनक भएको संघले जनाएको छ।

    विषम परिस्थितिमा समस्या समाधान गर्नेभन्दा अर्को पक्षलाई दोष देखाएर जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिले समाधान ननिस्कने संघको भनाइ छ। त्यसैले वर्तमान ग्यास अभाव किन र कसरी सिर्जना भयो भन्ने विषयमा सरकारले तथ्य र वास्तविकताका आधारमा समीक्षा गर्नुपर्ने संघले माग गरेको छ।

    संघले ग्यास अभाव सिर्जना हुनुका पछाडि सरकारी नीति तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित विभिन्न कारण रहेको दाबी गरेको छ। संघका अनुसार आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यास १५ दिनका लागि मात्र उपलब्ध गराउने भनिएको व्यवस्था चार महिनासम्म निरन्तरता दिइयो।

    त्यसपछि संघले २०८२ चैत १६ गते नेपाल आयल निगमलाई पत्र पठाउँदै पुनः भरिएको सिलिन्डर बिक्री वितरणको पुरानै व्यवस्थामा फर्कन आग्रह गरेको भए पनि त्यसतर्फ ध्यान नदिइएको विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित निकायसँग व्यवस्था परिमार्जनका लागि गरिएको अनुरोध बेवास्ता हुनु, ग्यास आयातमा पर्याप्त तदारुकता नदेखाइनु, पूर्ण सिलिन्डर बिक्री वितरण लागू भएपछि एक्कासि माग बढ्नु तथा पृथ्वी राजमार्गमा भएको अवरोधका कारण ग्यास बुलेटको ढुवानी प्रभावित हुनुले अहिलेको अभाव सिर्जना भएको संघले स्पष्ट पारेको छ।

    संघले कुनै ग्यास उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा कानुनी कारबाहीका लागि सरकारलाई पूर्ण सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ। तर प्रमाणबिना सम्पूर्ण ग्यास उद्योगीलाई दोषी देखाउने तथा भौतिक कारबाहीको संकेत दिने किसिमको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको संघको भनाइ छ।

    संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कठिन परिस्थितिमा पनि सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले सरकारका व्यावहारिक निर्देशन पालना गर्न र सरकारसँग सहकार्य गर्न ग्यास उद्योगीहरू सधैँ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

    हाल बजारमा ग्यासको अभावका कारण उपभोक्ताहरू लामो समयदेखि समस्यामा परिरहेका बेला सरकार र ग्यास उद्योगीबीच देखिएको आरोप–प्रत्यारोपले आपूर्ति संकट समाधानको विषयलाई थप बहसमा ल्याएको छ।

    lp_gas.png

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend