Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

महिला तथा बालिकामाथि हुने यौन हिंसा र साइबर बुलिङ अन्त्य गर्न संसद्‍मा संकल्प प्रस्ताव


२९, भदौ २०८३
  • 71
    SHARES
  • महिला तथा बालिकामाथि हुने यौन हिंसा र साइबर बुलिङ अन्त्य गर्न संसद्‍मा संकल्प प्रस्ताव

    काठमाडौं । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा पछिल्लो समय बढ्दै गएको साइबर बुलिङ नियन्त्रण गर्न संसद्‍मा संकल्प प्रस्ताव पेस भएको छ। नेकपा एमालेकी सचेतक निता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर क्षेत्री, अम्बिकादेवी संग्रौला, रेनुका काउचा, खुश्बु ओली, बलावती शर्मा र पार्वती विक समर्थक रहेका छन्।

    प्रस्तावमा संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरे पनि व्यवहारमा महिला तथा बालिकामाथि हुने यौन हिंसा, बलात्कार तथा साइबर अपराधका घटना निरन्तर बढिरहेको उल्लेख गरिएको छ।

    संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक तथा धारा ३८ ले महिलाको हक सुनिश्चित गरेको छ। यस्तै, धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ।

    सांसदहरूले विशेषगरी बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै भविष्यमा समेत दीर्घकालीन प्रभाव पार्ने बताएका छन्। डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर बुलिङ, चरित्रहत्या र गोपनीयतामाथिको आक्रमणजस्ता हिंसाका नयाँ स्वरूप पनि चुनौतीका रूपमा देखा परेको प्रस्तावमा उल्लेख छ।

    संकल्प प्रस्तावमार्फत यस्ता घटनाको प्रभावकारी नियन्त्रणका लागि विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन, पीडितलाई शीघ्र न्याय, सुरक्षा तथा पुनर्स्थापनाको प्रभावकारी व्यवस्था गर्न माग गरिएको छ।

    त्यस्तै, साइबर हिंसा नियन्त्रण तथा पीडितको संरक्षणका लागि राज्यका सम्बन्धित संयन्त्रलाई थप जिम्मेवार, संवेदनशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

    महिला तथा बालिकाको सम्मान, सुरक्षा र अधिकार व्यवहारमै सुनिश्चित गर्न राज्यका साथै समाजका सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्ने सांसदहरूको निष्कर्ष छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend