Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

निपनियास्थित प्राचीन इनारको उत्खनन गरिँदै


२३, साउन २०८०
  • 173
    SHARES
  • निपनियास्थित प्राचीन इनारको उत्खनन गरिँदै

    लुम्बिनी । लुम्बिनी विकास कोषले निपनिया दानव नदी किनारमा देखिएको प्राचीन इनार तथा अन्य पुरातात्विक संरचनाको स्थलगत अनुगमन गरेको छ । 

    बुद्ध जन्मस्थल लुम्बिनीबाट सात किमी दक्षिण निपनिया दानव नदी किनारमा फेला परेको कुषाणकालीन माटोद्वारा निर्मित मानिने इनार तथा पुरातात्विक संरचनाको कोषका सदस्यसचिव सानुराजा शाक्यको नेतृत्वमा स्थलगत निरीक्षण गरिएको हो । सदस्यसचिव शाक्यले सो क्षेत्रको स्थलगत निरीक्षणपछि नदी किनारमा रहेको उक्त इनारलाई उत्खनन गरिने बताउनुभयो ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचीन इनार, कुवा, माटाका भाँडा बगाउन थालेको जनाउँदै स्थनीयले विकास कोषलाई जानकारी गराएपछि कोषले चासो राखेको हो ।

    विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेष भेटिएकाले स्थलगतरूपमा निरीक्षण गरिएको सदस्यसचिव शाक्यले बताउनुभयो ।

    उहाँले दानव नदीको कटानले इनार (रिङ)हरू बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको किनारमा अवस्थित इनारलाई उत्खनन गरी लुम्बिनी सङ्ग्रहालयमा राख्ने तयारीमा रहेको बताउनुभयो । “नदीको कटानले प्राचीन समयका देखिने महत्त्वपूर्ण इनार, माटाका भाँडा बगाएर भारत लगिरहेको छ”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय, प्रदेश र पुरातत्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।” सदस्यसचिव शाक्यले लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भएअनुसारकै प्राचीन बस्ती रहेको अनुमान गर्न सकिने बताउनुभयो ।

    स्थलगत निरीक्षणपछि कोषका पुरातत्व विभागका प्रमुख हिमालकुमार उप्रेतीले निपनियामा बर्सेनि पुरातात्विक इनार र अन्य महत्त्वपूर्ण वस्तु बाढीले बगाउँदै लगेको र यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्वार उत्खनन गरी सङ्ग्रहालयमा सुरक्षित गर्ने तयारी गरेको बताउनुभयो । “प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, बाढीले बगाइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ रहेको इनारलाई यो पटक उद्वार उत्खनन गर्छौँ ।”
     
    उहाँले पुरातात्विक हिसाबले यो क्षेत्र निकै महत्त्वपूर्ण रहेको बताउँदै भारतका पुरातत्वविद् प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धिष्ट साइटको उत्तरापथमा पर्ने व्यापारिक क्षेत्रका रूपमा व्याख्या गरेको बताउनुभयो । उहाँले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend