काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत आगामी कात्तिक १ गते लक्की ड्रमार्फत विजेता घोषणा गर्ने भएको छ।
विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले असोज ३१ गतेभित्र खरिद बिलको विवरण प्रणालीमा प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन्।
अर्थ मन्त्रालयले पुरस्कार दाबी गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन र व्यवसायीलाई प्रत्येक बिक्रीमा अनिवार्य बिजक जारी गर्न आग्रह गरेको छ।