काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग सम्बोधन नभएको भन्दै दोस्रो आन्दोलन घोषणा गरेको छ । महासंघले साउन २४, २५ र २६ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । त्यसपछि पनि माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने महासंघका महासचिव रोसन दहालले बताउनुभयो ।
दोस्रो चरणमा सेफ्टी हेल्मेट र ज्याकेट लगाएर हातमा कालोपट्टी बाधेर महासंघको कार्यालय अनामनगरदेखि संसद भवनसम्म सिठ्ठी जुलुस गरी कोणसभा गरेर माइतीघर, बबरमहल हुँदै हनुमानस्थानमा धर्ना दिने कार्यक्रम छ ।
त्यति गर्दा पनि सरकारले निर्माण व्यवसायीको ५० अर्ब रुपैयाँ नदिए, आयोजनाको समग्र म्याद थप नगरे, कानुन संशोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने महासंघले जनाएको छ।