Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बुटवलका ट्यांकर व्यवसायी श्रेष्ठले बुझाए धरौटी


५, जेठ २०८०
  • 120
    SHARES
  • बुटवलका ट्यांकर व्यवसायी श्रेष्ठले बुझाए धरौटी

    बुटवल । पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको आरोप लाग्दै पटकपटक जरिवाना र कारबाही भोग्दै आएका बुटवलका ट्यांकर व्यवसायी चोपनारायण श्रेष्ठ फेरि कारबाहीमा परेका छन्। लकिङ प्रणाली जडान भएकै एक्सप्रेस परिवहन सेवा प्रालिको ट्यांकरबाट पेट्रोल तस्करी गरेको पाइएपछि श्रेष्ठले भैरहवा भन्सार कार्यालयलाई २९ लाख बढी रकम धरौटी बुझाएर हिरासत बस्नबाट जोगिएका छन्।

    श्रेष्ठ एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक हुन्। सोही प्रालिको लु २ ख ४८३९ नम्बरको ट्यांकरले गत वैशाख ८ गते भारतीय आयल कर्पोरेसन आइओसीको बेतालपुरस्थित डिपोबाट स्वीकृत पीडिओ २० किलोलिटरभन्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएको थियो। भैरहवा नाकाबाट भन्सार पास गराउने क्रममा शंका लागेपछि नियन्त्रणमा लिएर जाँच गर्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएपछि प्रहरीमार्फत् भन्सार कार्यालय र नेपाल आयल निगमले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको थियो।

    चोरी तस्करी गरी स्वीकृत परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि बेलहिया भन्सार कार्यालयले २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी लिएर ट्यांकर सञ्चालक श्रेष्ठलाई छोडिदिएको हो। भन्सार कार्यालय बेलहियाका प्रमुख मनिराम पौडेलका अनुसार श्रेष्ठले २३ हजार ३८३ लिटर पेट्रोलको २८ लाख ६ हजार ८० रुपैयाँ धरौटी र आफ्नो १ लाख जरिवाना गरी कुल २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी बुझाएका छन्।

    ट्यांकरका चालक अजय केसीले भने धरौटी बुझाउन नसकी प्रहरी हिरासतमा रहेका छन्। भन्सार कार्यालयले चालक केसीको ५० हजार जरिवाना र पेट्रोलको २८ लाख ६ हजार ८० गरी कुल २८ लाख ५६ हजार ८० रुपैयाँ धरौटी माग गरेको थियो। ट्यांकर सञ्चालक श्रेष्ठले धरौटी बुझाएर हिरासत बस्नबाट मुक्ति पाए पनि चालकले भने धरौटी बुझाउन नसकेपछि हिरासतमा रहेका छन्,’ पौडेलले भने।

    त्यस्तै, नेपाल आयल निगमले चालकलाई सधैंका लागि आयल निगमका ट्यांकर चलाउन बन्देज लगाएको छ भने सम्बन्धित ट्यांकरलाई तीन महिनासम्म तेल ढुवानी गर्न बन्देज लगाएको छ। नेपाल आयल निगम भलवारी डिपोका प्रमुख जगदिश चन्द्र यादव २० किलोलिटर पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्षमता रहेको ट्यांकरमा झण्डै चार सय लिटर बढी पेट्रोल ढुवानी गर्नु सुरक्षाको हिसाबले समेत जोखिम हुने बताउँछन्।

    ‘त्यो ट्यांकरको क्षमता नै २० किलोलिटरको हुन्छ, सुरक्षाका लागि ६र७ सय लिटरको स्पेस खाली छोडिएको हुन्छ, एक्सप्रेस परिवहन सेवा प्रालिको उक्त ट्यांकरले सुरक्षाका लागि स्पेस नछोडी जोखिम मोलेर पेट्रोल भरेर ल्याएको भेटियो,’ यादवले भने। विगतमा पनि इन्धनमा चोरी तस्करी र चुहावट हुने गरेको पाइएपछि आयल निगमले चोरी तथा चुहावटलाई रोक्न भन्दै लकिङ प्रणाली जडान गरेको थियो।

    भारतीय आयल कर्पोरेसनबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरूमा आयल निगम आफैंले डिपोबाट लकिङ गरेर पठाएको हुन्छ। नेपाल आयल निगमको टिपोले ट्यांकरमा लगाएको लकिङ भारतीय आयल कर्पोरेसनको डिपोमा पुगेपछि मात्र खोलिन्छ। आइओसीमा इन्धन भरेपछि पुनः लकिङ गरिएको ट्यांकर नेपाल आयल निगमको डिपोमा आएपछि खोलेर इन्धन अनलोड गरिन्छ।

    तर लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट इन्धन तस्करी भएपछि अनुसन्धानको विषय बनेको छ। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनका डिपोहरूमा मात्र ट्यांकरका लकिङ खोलिने गरेकोमा स्वीकृत परिमाणभन्दा बढी इन्धन कसरी लोड गरियो भन्ने अनुसन्धान भइरहेको भलवारी डिपो प्रमुख यादवले बताए।

    ‘आइओसीमा कम्प्युटराइज्ड सिष्टमबाट मात्र इन्धन भर्ने गरिन्छ, उक्त ट्यांकरमा लकिङ बिगारेर बाटोमा पेट्रोल थपेर ल्याएको हुनसक्छ, त्यसबारे पनि निगमले अनुसन्धान गरिरहेको छ,’ यादवले भने। उक्त ट्यांकरले स्वीकृत परिमाणभन्दा बढी इन्धन ढुवानी गरेको भेटिएपछि यसअघि पनि यसैगरी ल्याउने गरेको आशंकामा अनुसन्धान भइरहेको उनले बताए। अहिले नियन्त्रणमा लिइएको ट्यांकरलाई बेलहिया भन्सार कार्यालयमा राखिएको छ।

    ट्यांकरमा ल्याइएको पेट्रोल भने आयल निगम भलवारी डिपोले रकम जम्मा गरी सकारेको भन्सार प्रमुख पौडेलले बताए। ट्यांकर व्यवसायी संघ रूपन्देहीका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठको नाममा रहेको एक्सप्रेस परिवहन सेवा प्रालि मातहत २६ वटा ट्यांकर सञ्चालित छन्। श्रेष्ठकै ट्यांकर विगतमा पनि तस्करीमा संलग्न भएको पाइएपछि कारबाहीमा परेका थिए।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend