Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भन्सार छलेर ल्याएको अवैध कपडा बरामद


२५, साउन २०८०
  • 293
    SHARES
  • भन्सार छलेर ल्याएको अवैध कपडा बरामद

    दाङ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुभाङले अवैध कपडा बरामद गरेको छ । बुधवार विहान ६ बजे राप्ती गाउँपालिका वडा नम्बर १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डामा खटिएको मोबाइल गस्ती टोलीले पूर्वपश्चिम लोकमार्ग स्थित पोखराबाट तुलसीपुर तर्फ जादै गरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार ८ साय ९० रुपैया बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो । बरामद सामानमा पाइन्ट सुट ५१ थान, लेडिज सुट २ सय ३२ पिस बुलाउज सुट एकसय ६ थान र सुतिका कपडा एकसय १२ थान अवैध कपडा छन् । पक्राउ गरि नियन्त्रणमा ल्याइएको अवैध कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजश्व कार्यालय बुटवल रुपन्देही पठाएको छ ।

    चाडपर्व नजिकिए सँगै दाङमा चोरी तस्करी बढ्दै गएको छ । सवारीसाधन तथा सीमावर्ती क्षेत्रमा दैनिकजसो भन्सार छलेर अवैध (रूपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् । अन्य समयभन्दा चाडपर्वका बेला खाद्यान्न लत्ताकपडा लगायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ ।

    छोटो समयमा बढी कमाउने धाउन्नमा लागेका तस्करहरूले चाडपर्वलाई कमाउने मलिलो सिजनका रूपमा लिने गरेका छन् । नियमनकारी निकायसंग सांठगांठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कयौं गुणा बढी बनाइने गरेको जानकारहरू बताउँछन् ।

    चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिने गरेको गुनासो बढ्दै गएको छ । पसल दर्ता नगरेका स्थानीय खुद्रा व्यापारीले नाकासंग जोडिएका भारतीय बजारबाट अवैध सामान ल्याएर बेच्ने गरेका कारण सरकारलाई राजश्व तिर्ने ठूला व्यापारीहरु मारमा पर्दै गएका छन् ।

    जसले गर्दा ठूला व्यापारीहरुले तिर्ने राजश्वमा पनि गिरावट हुँदै गएको छ भने भन्सार छली गरेर अवैध सामान भित्राएर व्यवसाय गर्ने हो । व्यापारीहरुबाट पनि राजश्व छली हुँदै गएको छ । जसको असर नेपाली अर्थतन्त्रमा पर्ने गरेको छ ।

    सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन अवैध रुपमा भारतबाट भित्रिने कपडामा सशस्त्र प्रहरीले कडाइ गर्न थालेको छ । कपडा तस्करी बढेको भन्दै सशस्त्र प्रहरीले भन्सारमा कडाइ गरिरहेकाले भारतीय कपड़ा आउन बन्द हुने वितिक्कै नेपालका स्थानीय बजार प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको छ ।

    भारतीय बजारबाट एकसय रुपियाँभन्दा बढीको सामान किन्न नपाइने कानुनी व्यवस्थालाई कडाइपूर्वक कार्यान्वयन गर्दा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने नेपाली उपभोक्ताको संख्या घटेको छ ।

    भन्सार कार्यालयले कानुन बमोजिम बाहेक कुनै पनि वस्तु ल्याउन नदिने र ल्याउन पाइने वस्तुमा अनिवार्य भन्सार लिने व्यवस्थाबाट कार्यान्वयनमा ल्याएको भन्सारले कानुनी व्यवस्था कायान्वयनमा कडाइ गर्न निर्देशन दिएपछि खटिएका सशस्त्र प्रहरी बलको टोलीले एक सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा अनिवार्य भन्सार तिराएर मात्र सर्वसाधारणलाई आउन दिइरहेको छ ।

    भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा कडाइ गर्न निर्देशन दिइएको छ । चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिन सक्ने भन्दै जिल्लाका सबै खुला सीमा नाकामा कडाई गर्न निर्देशन दिएको सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही वाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले वताउनुभयो । उहाँले सीमा क्षेत्रमा सुरक्षा निकायका प्रमुखलाई खुला सीमा क्षेत्रमा कडाइ गर्न आफुले निर्देशन गरेको बताउनुभयो ।

    364178928_1018418395851284_9121837069402495037_n.jpg365309747_1277905039699296_1941806851413299023_n.jpg365399851_677568177566553_3791172634880004957_n.jpg1.PNG365977059_971332467316017_3062068704576090189_n.jpg365977059_971332467316017_3062068704576090189_n.jpg

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend