Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सीआईबीले थाल्यो ललिता निवास प्रकरणको लेखन


२५, साउन २०८०
  • 92
    SHARES
  • सीआईबीले थाल्यो ललिता निवास प्रकरणको लेखन

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन लेखन शुरु गरेको छ । सरकारी वकिलको कार्यालयले करिब १० दिनअघि नै सो प्रतिवेदन बुझाउन आग्रह गरेपछि पक्राउ परेका र फरार रहेका व्यक्तिको कसुर छुट्याउँदै सीआईबी प्रतिवेदन लेखनमा जुटेको हो । 

    सर्वोच्च अदालतले योगेन्द्र पौडेलेको रिट निवेदनउपर आदेश गर्दा पिरामिड शैलीको अनुसन्धान गर्नु भनेपछि सो विषयको अनुसन्धानमा सीआईबी अन्योलमा रहेको छ । तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई पनि संगठित अपराध तथा कीर्ते कसुरमा मुद्धा चलाउने तथा पक्राउ गरेर बयान लिने वा बाहिर राखेर बयानमा सहभागी गराउने भन्ने बारेमा माथिल्लो तहको आदेश कुरिरहेका बेला अन्य पक्राउ र फरार व्यक्तिको कसुरमा भने प्रतिवेदन लेख्न शुरु गरेको हो । 

    करिब २० दिन बाँकी हुँदा नै सीआईबीले अनुसन्धान प्रतिवेदन लेख्न शुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री नेपाल विदेश भ्रमणबाट भदौ १ मा मात्रै नेपाल आउने तथा बाबुराम भट्टराइले अनुसन्धानमा सहयोग गर्ने भनेपछि प्रहरीले उनीहरुलाई कुन विधिबाट अनुसन्धान गर्ने भन्ने बारेमा केही निक्र्योल गरिसकेको छैन । 

    ‘पूर्व प्रधानमन्त्री र फरार अभियुक्त पक्राउ परेमा उनीहरुको बयान र अनुसन्धानको क्रममा खुलेका तथ्यहरुलाई समेट्ने गरी आएका विषयहरुको अध्ययन र कसुर राख्ने काम हुँदैछ, अनुसन्धान सकिएको भने होइन, प्रतिवेदन लेखन शुरु नै अनुसन्धान सकिएको भन्ने होइन’, सीआईबीका एक अधिकरीले भने । 

    पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा हाल विभिन्न ओहोदामा रहेका व्यक्तिलाई बयानका लागि बोलाउने आधार तयार पार्न लागेको सीआईबी स्रोतले जनाएको छ । ‘सर्वोच्चको आदेशले सजिलो चाहिँ भएको छ । तर कुन विधि अपनाउने भन्ने बारेमा छलफल चलिरहेको छ’, स्रोतले भन्यो । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend