Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नवलपरासीको प्रतापपुरमा तनाव


२५, साउन २०८०
  • 106
    SHARES
  • नवलपरासीको प्रतापपुरमा तनाव

    नवलपरासी। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर स्थित त्रिभुवन माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा भएको विवादले उग्ररुप लिएपछि तनाव भएको छ । प्रहरी र विद्यार्थीवीच झडप हुँदा स्थिती असामान्य भएको हो । गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको बताईएको छ । 

    झडपमा प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको जनाईएको छ । प्रतापपुरको त्रिभुवन मावि र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा विवाद हुँदै आएको थियो । विद्यालय प्रशासनले कक्षा कोठा अपुग भएको भन्दै दिउँसो सञ्चालन हुने कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरिएको थियो । तर क्याम्पस प्रशासनले भने क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार कक्षा कोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको उल्लेख छ ।

    कक्षा कोठा उपलब्ध नगराएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा नगर प्रहरीसहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमुल पाण्डेले बताउनुभयो। ताला फोडेपछि आक्रोशित विद्यार्थीले बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच विवादहुँदा झडप भएको हो । उक्त क्याम्पस भारतीय दुतावासको सहयोगमा निर्माण भएको हो । 

    दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा रहेका छन् । क्याम्पस निर्माण भएको जग्गा विद्यालयको रहेको र पालिका मातहत रहेकाले कक्षा कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभएको छ । यता स्थितिलाई नियन्त्रण लिनका लागि ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जनाउनु भएको छ । झडपका क्रममा ५ जना प्रहरी ३÷४ जना विद्यार्थी घाइते भएको पूहरीले जनाएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend