काठमाडौं । उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी संसदीय कार्यशाला गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा अनुभव आदान प्रदान भएको बताएका छन् । उनले विश्व व्यापार सङ्गठन र सिङ्गापुर स्थित एस राजारत्नम अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्याशालामा भाग लिएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसंगको कुराकानीका क्रममा उपसभामुख रानाले यस्तो बताएका हुन् ।
देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने बिषयवस्तुलाई व्यवस्थित गर्नुपर्ने उनले बताए । कार्यशालामा आफुले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, वातावरण संरक्षण, कार्बन उत्सर्जन लगायतका विषयवस्तु उठाएको जानकारी दिए ।
यही ज्येष्ठ १ देखि ३ गतेसम्म आयोजित कार्यशालामा उपसभामुख राना सहभागी भएकी थिईन् ।