Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा पत्रकार सदस्यता शुद्धीकरण : २६ जना मात्र सदस्य रहने


७, जेठ २०८०
  • 127
    SHARES
  • गुल्मीमा पत्रकार सदस्यता शुद्धीकरण : २६ जना मात्र सदस्य रहने

    गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदस्यता शुद्धीकरण अन्तिम चरणमा पुर्‍याएको छ ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औं साधारण सभामा केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै पूर्वअध्यक्ष जनार्दन घिमिरे संयोजक रहने गरि निवर्तमान अध्यक्ष नवराज भुसाल र कार्यसमिति सहसचिव तिलाचन पाण्डे सदस्य रहने गरि कार्यदल गठन गरिएको थियो ।

    कार्यदलका संयोजक  घिमिरेले केन्द्रीय शुद्धीकरण अभियानलाई पूर्ण कार्यान्वयन गर्ने बताए । ‘सदस्यता शुद्धीकरणमा हामीलाई प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ’ संयोजक घिमिरेले भने, ‘हामीले क्रियाशील पत्रकारको मात्र सदस्यता कायम राख्ने गरि सुझाव दिन्छौं ।’

    पत्रकारितामा योगदान गर्ने सदस्यहरुलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई ससम्मान बिदाइ गरिनेछ ।हाल ८५ जना सदस्य रहेको गुल्मी शाखामा कार्यदलले क्रियाशील पत्रकारको सदस्यता मात्र कायम राख्ने निर्णयसहितको सिफारिस प्रतिवेदन कार्यदलले तयार गरेको छ । जस अनुसार गुल्मी शाखामा मात्र २६ जना सदस्य रहनेछन् ।

    कार्यदलले उक्त प्रतिवेदन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा पठाउनेछ ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले खास पत्रकारहरुको संगठन बनाउन केन्द्रले चलाएको अभियान पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् । कार्यदललाई पूर्ण जिम्मेवारी दिएकोले त्यही अनुरुप कार्यसमिति अगाडि बढेर प्रदेश र केन्द्रमा सिफारिस गर्ने उनले बताए ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीले पत्रकार सदस्यता शुद्धीकरण अभियानलाई गुल्मीले प्रभावकारी ढंगले अगाडि बढाएकोमा कार्यदल र कार्यसमितिलाई धन्यवाद दिएका छन् । ‘क्रियाशील खास पत्रकारहरुको साझा संगठन महासंघ हो’ उनले भने, ‘गुल्मीले जस्तै सबै शाखाले शुद्धीकरणमा सहयोग गर्नुपर्छ ।’

    नेपाल पत्रकार महासंघले क्रियाशील नरहेका तर सदस्य कायम रहेकालाई आफैं सदस्यता त्याग गर्न आग्रह गरेको छ । यदि आफैं सदस्यता त्याग नगरेमा पत्रकारिता पेशमा आवद्ध नभएकाको नाम सदस्यताबाट हटाइने महासंघले जनाएको छ ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले गुल्मी शाखाको साधारण सभामा सम्बोधन गर्दै सदस्यता शुद्धीकरण अभियानलाई साथ दिएर क्रियाशील पत्रकारको मात्रै सदस्यता कायम राख्न आग्रह गरेका थिए ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend