Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सांसद सञ्जय कुमारको सत्याग्रह:आठ दिनमै सहमति


७, जेठ २०८०
  • 223
    SHARES
  • सांसद सञ्जय कुमारको सत्याग्रह:आठ दिनमै सहमति

    बुटवल । लोकतन्त्रमा आन्दोलन गर्न पाउनु अधिकार हो । तर हामी कहाँ आफ्नो माग पुरा गराउनका लागि गरिने आन्दोलनले अरूलाई पुगेको असरका बारेमा खासै चर्चा हुँदैन । नेपालमा गरिने अधिकांश आन्दोलनको शैली भौतिक क्षति पुर्याउने देखि अरुको अधिकार हनन् गर्ने खालको देखिन्छ । तर अरु कसैलाई कुनै बाधा अड्चन नपु¥याएर आन्दोलन गरेर पनि माग पुरा हुन्छ भन्ने उदाहरण बर्दियाका एक जना सांसदले प्रमाणित गरेका छन् । 

    बर्दियाको क्षेत्र न १ बाट प्रतिनिधिसभामा चुनाव जितेका सांसद सञ्जय कुमार गौतमले सदन र सडकमा पटक पटक आवाज उठाउँदा पनि माग पुरा नभएपछि नयाँ जुक्ती रचे । त्यो हो सत्याग्रह । उनले बर्दियाको बबई नदीको ववण्डरबाट स्थानीय जनतालाई सास्ती भएको तर सरकारले ध्यान नदिएको भन्दै पटक पटकको प्रयास असफल भएपछि अनसन बस्ने योजना बनाए । हुन त माग पुरा गर्न सडक आन्दोलन गर्नु पर्ने माग उनीसँग नआएको होइन । तर यस्तो आन्दोलनले तिनै जनतालाई नै सास्ती हुने भएकाले उनी त्यसबाट पछि हटे । अनि योजना बनाए कि बबई नदीले भत्काएर अलपत्र बनेको जब्दीघाट पुलमै टेण्ट राख्न लगाए र केही सहयोगीसहित अनसनमा बसे ।

    बर्दियाको जब्दीघाटमा रहेको बबई नदीमाथि भासिएको पुल लामो समयदेखि अलपत्र पर्दै आएको छ । भत्किएको पुलको संरचना हटाएर नयाँ पुल बनाउनु पर्ने माग लामो समय देखि भइरहेको थियो । त्यसैगरी सोही क्षेत्रमा बबई नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, बबई सिँचाइ आयोजनामा बजेट थप्नुपर्ने, बर्दियाको भुरिगाउँदेखि तेलपानी हुँदै सुर्खेतसम्म सडक निर्माण हुनु पर्ने जस्ता माग स्थानीयहरुको थियो । तिनै माग पटक पटक आफूले खल्तीमा बोकेर सिंहदरबार चाहार्दा कतै सुनुवाई नभएपछि अन्तत सांसद गौतम जिल्ला फर्किएर सत्याग्रह बस्नु पर्ने बाध्यता आईलाग्यो । अनि बर्दियाका नागरिकहरुका विभिन्न १५ बुँदे माग सहितको ब्यानर बनाएर पुलमा गाडेर अनसन थाले । 

    हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने नारा तय गरेर अनसनमा बसेका गौतम ५ दिनपछि निकै कमजोर बने । बर्दिया बचाउँछु भन्ने सांसद नै बच्ने हुन् कि होइनन् भन्ने अवस्था उनको स्वास्थ्य बिग्रियो । उनी माग पुरा नहुँदासम्म स्वास्थ्य उपचारका लागि समेत जान तयार भएनन् । त्यसपछि बर्दियाका नागरिकहरु पनि सांसदको मागमा समर्थन गर्दै अनसन स्थल पुगे । अनि सरकार पनि अनसन स्थलमै पुगेर गौतमका माग पुरा गर्न तयार भयो । सहमति भयो । आन्दोलन भयो । उपलब्धिहरु पनिभए  तर कसैलाई यो आन्दोलनले असर पुगेन । जुन अरु आन्दोलनकारीहरुका लागि उदाहरण बन्यो । 

    पटक पटक सदनमा कुरा उठाए पनि ७ वर्षदेखि भत्किएको पुल बनाउन सरकार तयार नभएपनि बाध्यतावस अनसन वस्नु पर्ने भएको अनसनमा संगै रहेका लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले बताए । उनले भने – पप्पु कन्सक्टक्सनले अलपत्र पारेको पुल भत्किएर नदीको बहाव नै वस्ती तिर फर्किएको छ, ठूलो क्षति हुने भएपछि अनसन भन्दा अरु हामीसँग विकल्प रहने अनि अनसनको विकल्प भएन । यहाँ धेरै समस्या थिए भन्दा भन्दै थाके पछि यता लागेका हौं । सहमति पछि सरकारले तत्काल माग सुनुवाई गर्नेमा हामी आशावादी छौं ।

    पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेको केही महिनामै जब्दीघाटको पुल २०७४ साल साउनमा भासिएको थियो भने ०७९ साल असोज २० गते बबई नदीमा आएको बाढीले पुल बगाएको थियो । बाढीले आधा भत्किएको पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिकाको रम्मापुर सडक खण्डमा गाडी आउजाउ बन्द छ ।

    आठ दिनपछि कांग्रेस सांसद गौतमले अनसन तोडेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँगको ११ बुँदे सहमतिपछि गौतमले आठौँ दिनमा शनिबार अनसन तोडेको प्रदेश सांसद चौधरीले बताए । मन्त्री ज्वालाले जुस खुवाएर उनको अनसन तोडाएका थिए । अर्को रोचक त के भने काँग्रेस सांसद गौतमको आन्दोलनमा सर्वदलीय समर्थन जस्तै थियो । उनलाई हौसला दिन प्रत्येक दिन सबैको पार्टीका नेता कार्याकर्तादेखि जनप्रतिनिधिहरु अनसन स्थल पुगेका थिए । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend