Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बुद्ध एयरको मुसा भेटियो


७, जेठ २०८०
  • 183
    SHARES
  • बुद्ध एयरको मुसा भेटियो

    काठमाण्डौँ । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाजमा मुसा फेला परेको छ। जहाजमा मुसा रहेको देखेपछि यात्रुले टिकट रद्द गरेका थिए। उक्त समाचार सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। शनिबार नाइनएन–एजेएलमा मुसा देखापरेको थियो। चेकजाँचका क्रममा मुसा फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो।

    बुद्ध एयरले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मुसा फेला परेको जनाएको छ। हिजो जनकपुरमा मुसा देखिएपछि, रोकिएका जहाज आज बिहान ट्र्यापमा मुसा भेट्टिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिइ थप सजगता अपनाइएको थियो। आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौँ ल्याएको छ। जहाजलाई थप निरीक्षण गरी आज दिउँसोबाट पुनः व्यवसायिक उडान थालिने छ,’ बुद्ध एयरले भनेको छ। बुद्ध एयरले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन अनुरोधसमेत गरेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend