Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सन्दीपको मुद्दामा अन्तिम चरणको बहस भएन, अदालतले मगायो जन्मदर्ताको सक्कल कपी


७, जेठ २०८०
  • 106
    SHARES
  • सन्दीपको मुद्दामा अन्तिम चरणको बहस भएन, अदालतले मगायो जन्मदर्ताको सक्कल कपी

    काठमाण्डौँ । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल चरणको बहसका लागि जिल्ला अदालत काठमाडौँमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजालासमा परेको पेशीमा आज पनि फाइनल चरणको बहस भएन।

    पक्षको मागबमोजिम न्यायाधीश पराजुलीको इजालासले पीडितको जन्मदर्ताको सक्कली प्रति मगाउने तथा अस्पतालसँग पनि सक्कली फाइल पठाउनका लागि आदेश गरेको छ। न्यायाधीशले जन्मदर्ताको विवाद रहेको भन्दै सक्कली प्रति नै मगाउनका लागि आदेश गरेको स्रोतले बतायो। सन्दीपको मुद्दामा पटक–पटक फाइनल चरणको बहसका लागि पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दा अन्तिम किनारा लाग्न सकेको छैन।

    सर्वोच्च अदालतले गत १५ फागुनमा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ ९फास्ट ट्र्याक० तथा निरन्तर सुनुवाइ ९कन्टिनियस हेयरिङ० को प्रक्रिया अबलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी दिएको आदेशको करिब तीन महिना पूरा हुँदा पनि मुद्दाले किनारा पाउन सकेको छैन।

    यसअघि गत १९ वैशाखमा मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको थियो। जहाँ सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए। न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिनुपर्ने आमचलन रहँदै आए पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइनेमा राखेपछि पुनः फाइनल चरणको बहस भएको छैन।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend