काठमाण्डौँ । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन्। कान्तिपुर दैनिकमा करिब १५ वर्षदेखि सम्पादक रहेका सुधीर शर्माको बहिर्गमनसँगै प्रधान सम्पादकमा चौहान नियुक्त भएका हुन्।
२०६५ सालदेखि कान्तिपुरमा प्रधान सम्पादक रहेका शर्मा बीचमा एक वर्षबाहेक लगातार कान्तिपुर दैनिकमा प्रधान सम्पादक रहिआएका थिए। कान्तिपुरका मार्केिटङ विभाग प्रमुख मनोज बस्नेतका अनुसार अध्यक्ष कैलाश सिरोहियाले प्रधानसम्पादकका रुपमा चौहानको स्वागत गरेका हुन्। चौहान यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए।