Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जिल्लामै १३ तले मन्दिर ओझेलमा


४, भदौ २०८०
  • 3,743
    SHARES
  • जिल्लामै १३ तले मन्दिर ओझेलमा

    अर्घाखाँची । नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो अर्घाखाँची । यसको सदरमुकाम सन्धिखर्क हो। यस जिल्लामा ६ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ३ गाउँपालिका छन यस अन्तरगतको यउटा पालिका छत्रदेव गाउँपालिका हो यसमा ८ वटा वडा रहेका छन   समुन्द्री सतह देखी करिब १२५० मिटर उचाईमा यो गाउँपालिकाको केन्द्र रहेको छ जसको कार्यालय छत्रगन्जमा पर्छ।

    यस गाउँपालिकाको नामाकरणसगँ धार्मिक इतिहास जोडिएको पाइन्छ । करिब ५००० वर्ष अगाडी कुरुक्षेत्रको महाभारत युद्धमा युद्ध अवलोकन गर्न आएका छत्र महाराजाको शीर भगवान श्री कृष्णबाट छेदन  भएपछि पहाडी खण्डको यस क्षेत्रमा आफु बस्ने चाहाना गरे बमोजिम भगवान श्री कृष्णले उलुक छत्र महाराजको मन्दिर यहाँ स्थापना गरेको जनश्रुति छ । 

    उक्त मन्दिरमा परम्परा देखि हालसम्म दशैमा ठूलो मेला लाग्ने गरेको छ । छत्रमहाराजको मन्दिर र छत्रमहाराज बसेको स्थान भएकोले यसको नाम छत्रदेव गाउँपालिका राखिएको हो । गाउँपालिकाको पूर्वमा गुल्मी जिल्ला,पश्चिममा सन्धिखर्क नगरपालिका,उत्तरमा मालारानी गाउँपालिका र गुल्मी जिल्ला, दक्षिणमा पाणिनि गाउँपालिका रहेका छन् र यो गाउँपालिकाका सबै वडा हरुमा चर्चित धार्मिक मठ मन्दिरहरु रहेका छन् ।

    वडा नं १ को एतिहासिक कालिका मन्दिर ,२ मा रहेको मस्जिद ,३  मा रहेको मालिका मन्दिर, ४ मा रहेको कालिका मन्दिर ५ मा रहेको  छत्रमहाराज देबालय ६ मा रहेको मालिका मन्दिर  ७ मा रहेको  श्री आकाशदेबी मन्दिर ८ मा रहेको अर्घातोष मन्दिर लगायतका दर्जन वडि मन्दिरहरु रहेका छन् । 

    मन्दिरहरुको भिडमा छत्रदेव ७ बाहिगाउँको ताराखसेमा जिल्लाकै अग्लो मन्दिर निर्माण भएको छ । एतिहासिक एवम् धार्मिक श्री आकाशदेवी मन्दिर छुट्टै पहिचान र महत्व बोकेको मन्दिर हो । मध्यपहाडि क्षेत्रको सितल जलबायुमा रहेको आकाशदेवी मन्दिर सामुन्द्रिक सतहबाट १३५० मिटरको उचाईमा रहेको छ । 

    किम्बदन्ति अनुसार परापुर्वकालमा उल्कापात हुदाँ उक्त स्थानमा एक प्राकृतिक पोखरिको स्थापना भएको थियो र सोहि उल्काको एउटा टुक्रा केहि तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो । उक्त पोखरीलाई चुरनपोखरी नामाकरण गरिएको थियो भन्ने विश्वास रहिआएको छ  । हाल यो पोखरी भेटिदैन यति ठुलो महत्वबोकेको पोखरी पुरिएको छ । ताराखसे पोखरीको उत्तर पुर्वमा परापुर्व कालदेखीको एउटा लेवासको गाझ रहेको छ , जहाँ नाग भगवानको स्थापना भएको छ । 

    नाग देवताले रगतको वलि नखाने हुदाँ उक्त पोखरीमा वलिको रगत पारिदैन । यो लेवासको गाझमा ठुलो दैबिक शक्ति रहेको छ । बिशेषगरि दुर्गापुजाको समयमा नाग भएको स्थानमा धिपिधिपि बत्ति बलेको देखिएपछि धर्मागत न्यौपाने , देउदत्त न्यौपाने , टिका न्यौपानेका सन्तानले धार दिने , नयाँ अन्नवालि स्याहार्दा उक्त स्थानमा चढाउने गरि पुजाको सुरुवात गरेको पाइन्छ । 

    पछि धर्मागत न्यौपाने र रेणु पाण्डेको अगुवाईमा गाउँको सहयोगमा खरको छानो भएको कोट निर्माण गरि पुजाको सुरुवात गरिएको पाईन्छ । यो मन्दिर २००८ सालमा स्थापना भएको थियो र हाल पुनः निर्माण हुदै जिल्लाकै अग्लो १३ तले  मन्दिरको रुपमा निर्माण सम्पन्न भईसकेको छ । पछिल्लो समय यो मन्दिर ओझेलमा पर्ने थालेको छ यातायाको राम्रो पहुँच नहुनाले यो मन्दिर ओझेलमा पर्न थालेको हो । 

    जिल्लामै १३ तले मन्दिर बन्दा पनि धेरैलाई थाहा नहुनु अनौठो कुरा हो  । मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी बिष्णु प्रसाद मरासिनीले बताउनुभयो । सुन्दर स्थलमा रहेको यो मन्दिर प्रसार प्रसारको कमीले ओझेलमा परेको स्थानिय युवा शोभाखर न्यौपाने अतितको भनाइ छ । यसको महत्त्वलाई देश विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो । 

    चिताएको पुग्ने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको सचिव मनिलाल न्यौपानेले बताउनुभयो । मन्दिर परिसर भित्र देवीको मुर्ती , शिव, गणेश तथा नाग को मुर्ती छ मन्दिरमा तीज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी , जन्माष्टमी , र दशैंमा ठुलो  मेला लाग्ने गर्दछ।

     सिमित स्रोत र साधनका बिचमा पनि एतिहासिक र धार्मिक क्षेत्रको प्रबर्दनमा ध्यान दिदै असिमित माग र चाहानालाई पूरा गर्ने कोसिस गरिरहेको गाउँपालिकाले जनाएको छ । यो संगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ । 

    छत्रदेब गाउँपालिकाले गाँउपालिका भित्रका ऐतिहासिक महत्व बोकेका धार्मिक एवम् एतिहासिक परिवर्तन गर्न सकियो भने छत्रदेब गाउँपालिका देशकै सर्वोत्कृष्ट गाउपालिका बन्ने निश्चित छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend