Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एक बर्षमा ७ करोड २४ लाख राजस्व सङकलन


८, भदौ २०८०
  • 207
    SHARES
  • एक बर्षमा ७ करोड २४ लाख राजस्व सङकलन

    गोपालप्रसाद भट्टराई,अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले गत आर्थिक वर्ष २०७९/०८० मा ७ करोड २४ लाख बढि राजस्व संकलन गरेको छ । सामुदायिक तथा निजि वनको वन पैदावारसहित अन्य बिभिन्न शिर्षकमा ७ करोड २४ लाख १४ हजार २ सय ९५ रुपैंया राजस्व उठाएको हो ।

    डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार सामुदायिक तथा निजि वनको वन पैदावारबाट २ करोड १८ लाख ६४ हजार १ सय ५१ रुपैंया, वन क्षेत्रको रोयल्टीबाट २ करोड ३८ लाख ६० हजार ८ सय ५२ रुपैंया र मुल्य अभिवृद्धि करबाट १ करोड ५८ लाख ८ हजार ७ सय २५ रुपैंया संकलन भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।  

    सार्वजनिक प्रतिवेदनअनुसार वन कार्यालयले गत आर्थिक बर्ष २०७९/८० मा ९४ दशमलव २९ प्रतिशत वित्तीय प्रगति गरेको छ भने ९७ प्रतिशत भौतिक प्रगति हासिल गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतिराम पौडेलले जानकारी दिनुभएको छ । 

    कार्यालयले अग्रिम आयकरबाट १ करोड ४ लाख १५ हजार २ सय ४४ रुपैंया राजस्व संकलन गरेको छ । यस्तै बिभिन्न प्रशासनिक सेवा तथा विक्रि शुल्क बापत ३ लाख ६८ हजार ३ सय र बेरुजुबाट ९७ हजार २३ रुपैंया गरि जम्मा ७ करोड २४ लाख १४ हजार २ सय ९५ रुपैया संकलन भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत यादव सापकोटाले जानकारी दिनुभएको छ ।

    एक बर्षमा ७८ हजार बढी बिरुवा रोपियो,

    सहायक वन अधिकृत पौडेलका अनुसार गत बर्ष डिभिजन वन कार्यालय अर्घाखाँचीले ७८ हजार ७५ वटा विरुवा रोपण गरेको छ । जसमध्ये जडिबुटीजन्य ६२ हजार ५ सय, डालेघाँस ६ हजार ९ सय ५०, वनजन्य ६ हजार ७ सय, बिभिन्न प्रजातिका फुलजन्य १ हजार र फलफुल ९ सय २५ गरि कुल ७८ हजार ७५ वटा विरुवा रोपण गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । यी बिरुवा जिल्लाका विभिन्न स्थानमा गरि ५१ दशमलव ५ हेक्टर क्षेत्रफलमा लगाइएको हो ।

    आगलागी बाट ४ जनाको मृत्यु ,करोडौंको क्षती

    डिभिजन वन कार्यालयको तथ्याक अनुसार गत बर्ष अर्घाखाँचीमा आगोलागिका कारण ४ जनाको मृत्यु भएको छ । भुमिकास्थान २ ढाकावाङ्गमा बदेल तथा मुसामा लाग्ने जूम्रा (किर्ना) मारेर स्क्रबटाइफसबाट बच्ने आशामा जङ्गलमा लगाइएको आगो बस्तीमा पुग्न थालेपछि आगो निभाउन निस्किएका ढाकावाङ्गका ४ जनाको ज्यान गएको हो । घटनामा परि एक जना घाइते हुनुभएको थियो । 

    गत बर्ष जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफल जमिन प्रभावित भएको थियोे । घटनामा ६ वटा घर, ७ गोठ,१ ग्यारेज र १ छाप्रोमा क्षति पुर्याएको तथ्यांङक छ । 

    उक्त आगलागीबाट ८ सय कुखुरा, ३ वटा भैंसी र १ सय मिटर पाइप जलेर नष्ट भएका छन् । भने करोडौंको धनमाल जलेर नष्ट भएको छ । हिउँदमा सर्वसाधारणले साबधानी नअपनाउदा हुने आगलागीले जङ्गलमा बनस्पति नष्ट हुँदा बर्षायाममा जंगली जनावरले किसानलाई दु:ख दिने गरेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend