काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दुई तीन दिनसम्म देशभर बदली र वर्षा हुने जनाएको छ ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती पहाडी भूभागहरुमा वर्षाको सम्भावना रहेको र मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि राति पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधवार मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।