महोत्तरी । मधेस प्रदेशमा मेघ गर्जनसहित चलेको हावाहुरीबाट अन्नबालीमा असर गरेको छ । मंगलबार बिहान करिब एक घण्टा चलेको हावाहुरीले अन्नबालीमा नोक्सान पुर्याएको किसानहरुले जानकारी दिएका छन् । ‘फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्याएको छ’, ‘बर्दिबास ९ का किसान राम नरेशले भने, ‘वर्षामात्र भएको भए नोक्सान हुँदैनथ्यो, हावाहुरीले समस्या बनायो । अहिले पनि पानी परिरहेको छ ।
वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ । मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन । अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्याएको थियो । महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए ।