बुटवल । तिलाेत्तमा भएकाे सडक दुर्घटना परि एक जनाकाे मृत्यु भएकाे छ ।
रुपन्देहीकाे तिलोत्तमा नगरपालिका-५ कफी कम्पनिस्थित सडकमा लु.३९ प ९४६३ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २२ वर्षीय दिपेश विकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।