काठमाडौं । एमालेका सांसद रघुजी पन्तले कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेकोप्रति आपत्ति जनाएका छन्। मंगलबार संसदको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीको पार्टी चुनाव जितेको पालिकाले कक्षा ६ देखि ८ कक्षासम्म माओवादी जनयुद्धबारे विभिन्न अध्याय राखेर कोर्समा राखेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
गाउँपालिकाले हालै बनाएको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषयवस्तुहरू समेटेको हो। गाउँपालिकाले तर्जुमा गरेको स्थानीय पाठ्यक्रम अनुसार 'हाम्रो पचालझरना' नामक पुस्तक तयार गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। अन्तिममा १० वर्षे जनयुद्ध भनेर आठ वटा खण्डहरू समावेश गरेको छ।
उनले डा. सन्दिक रोहितको जीवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको भन्दै शिक्षामन्त्रीलाई प्रश्न गरेका छन्। उनले पाठ्यक्रममा समावेश गर्न माग गरेका छन्।