Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रोल्पाको राङ्सी-माडी गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण


१०, जेठ २०८०
  • 970
    SHARES
  • रोल्पाको राङ्सी-माडी गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण

    रोल्पा। परिवर्तन गाउँपालिका २ राङ्सी र माडी गाउँपालिका ३ वडालाई जोड्ने झोलुङ्गे पुल निमार्ण भएको छ। जसको माडी खोला, माडीबाङ्ग झोलुङ्गे पुल नाम राखिएको छ। कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खाज नेपाल पोखराद्वारा माडीबाङ्ग र भस्माखोर गाउँ, परिवर्तन गाउँपालिका र माडी गाउँपालिका वडा नम्बर २ र ३ को लागि सहयोगमा निर्माण गरिएको बताईएको छ।

    २०७९ माघ २५ गतेबाट उक्त झोलुङ्गे पुल निर्माण कार्य शुरु गरिएको थियो। साथै सो पुललाई निर्माण कम्पनी कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खाज नेपाल पोखराका म्यानेजर अबोध माँझीले परिवर्तन र माडी गाउँपालिकाको वडा नम्बर २ र ३ का दुबै उपभोक्ता समितिलाई हस्तान्तरण गरेका हुन्। योजनाको नियमित मर्मत सम्भारको जिम्मेवारी उपभोक्ताहरुलाई दिईएको छ। साथै प्राकृतिक प्रकोप बाढी, पहिरो, भुकम्प आदिको कारणले गर्दा ठूलो मर्मत गर्नुपरेमा सहयोगी दाताको सहयोग रहने उल्लेख।

    ८३ लाख ३८ हजार १ सय ४१ रुपैयाँ १६ पैसा लागतमा बनेको सो पुलले त्यहाँका स्थानियहरुलाई आवागमनमा सहज हुने भएको छ । जसमा उपभोक्ताहरुको १ लाख ३६ हजार रुपैयाँ लागेको छ। उपभोक्ता समितिका अध्यक्ष चिज बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा हस्तान्तरण गरिएको हो। परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता र माडी गाउँपालिका ३ का वडा अध्यक्ष बल बहादुर बुढा मगरको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा अन्य जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। साथै झोलुङ्गे पुलको आगामी मंसिर १९ गते ब्रिटिश गोर्खाजका प्रतिनिधिले उद्घाटन गर्ने बताईएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend