Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रेशमलाई रिहा गर्ने प्रक्रिया सुरू, कैद माफीको निवेदन राष्ट्रपति कार्यालयमा


११, जेठ २०८०
  • 175
    SHARES
  • रेशमलाई रिहा गर्ने प्रक्रिया सुरू, कैद माफीको निवेदन राष्ट्रपति कार्यालयमा

    काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेको छ। 

    २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रक्रिया सुरु भएको हो। त्यसका लागि गृह मन्त्रालय हुँदै निवेदन राष्ट्रपति कार्यालयमा पुगिसकेको छ। 

    ‘रेशम चौधरीसहित २० जनाको कैद मिनाहाका लागि निवेदन प्राप्त भएको छ’, राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘अहिले फाइल अध्ययनकै क्रममा छ, ‘अध्ययन सकेपछि राष्ट्रपतिसमक्ष पेस हुन्छ।’

    मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था गरिएको छ।

    ‘अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तबी राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपति समक्ष निवेदन दिन सक्नेछ’, भनिएको छ।

    यही बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। चौधरीलाई जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय यही जेठ २ गते सर्वोच्चले सदर गरेको थियो। सर्वोच्चको संक्षिप्त फैसला मात्रै आएको छ, पूर्णपाठ आउनै बाँकी छ। 

    निवेदन कारबाहीका लागि राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएपछि  मन्त्रिपरिषदबाट निर्णय गरी बाँकी सजाय माफीको निर्णय गर्न सक्ने व्यवस्था छ । 

    संविधानको धारा २७६ मा पनि राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend