Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रतिवादीहरुको बयान शुरु


१२, जेठ २०८०
  • 128
    SHARES
  • प्रतिवादीहरुको बयान शुरु

    काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान आजदेखि न्यायाधीशसमक्ष शुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान शुरु भएको हो । गत बुधबार उक्त प्रकरणमा ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा १६ पक्राउ परेका छन् भने १४ फरार छन् ।

    बुधबार दर्ता भएको मुद्दामा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुन लागेको हो । यसअघि पटक पटक समय थपिएको भए पनि अब भने बयानका क्रममा समय थपिरहनु पर्दैन । सबैको बयान सकिएपछि मात्र थुनछेकको बहस शुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

    यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलको कार्यालयले २२४ पृष्ठ लामो अभियोगपत्र दायर गरेको हो । राज्यविरुद्धको अपराध, संगठित अपराध, कीर्ते, ठगीलगायतका आरोप लगाएर मुद्दा दर्ता गराइएको हो । बिहीबार सार्वजनिक बिदा परेकाले आजदेखि अदालतमा बयान शुरु गर्न लागिएको हो ।

    १६ जनाको बयान सकिन भने केही दिन लाग्ने छ । यता कथंकदाचित अदालतबाट छुट्ना साथ उनीहरुलाई पक्राउ गर्ने गरी अभियोगपत्र दर्ता भएको छ ।
    सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटी जाने भएमा सम्बन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएको भन्दै सम्पत्ति शुद्धीकरणमा पनि अर्को मुद्धा जाने जनाएको छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend