Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि ढोरपाटनमा उद्योग वाणिज्य महासङ्घको बैठक


१२, असोज २०८०
  • 220
    SHARES
  • पर्यटन प्रवर्द्धनका लागि ढोरपाटनमा उद्योग वाणिज्य महासङ्घको बैठक

    बागलुङ । पर्यटन प्रवर्द्धन, सम्भावना र लगानी खोज्ने उद्देश्यले ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महसङ्घको बैठक बस्ने भएको छ । महासङ्घका तेस्रो कार्यकारिणी बैठक यही असोज १५ र १६ गते नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा बस्ने भएको हो ।

    उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा बैठक गर्न थालिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । 

    उहाँ अनुसार बैठकमा महासङ्घका ७० जनाको कार्यसमितिसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहनेछ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वयको भूमिकामा खेल्नेछ । 

    “निजी क्षेत्रका उद्योगी तथा व्यवसायी ढोरपाटन आउँदा प्रचार–प्रसारसँगै त्यहाँको नयाँ सम्भावना र लगानीको क्षेको पहिचान हुनेछ”, कार्कीले भन्नुभयो, “जिल्लामा  पर्यटनको सम्भावना र लगानीका विषयमा अन्तरक्रिया पनि हुनेछ ।” 

    उहाँले देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनको विकासमा सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभयो । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधासम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बनाउन यो बैठकले सहयोग पुग्ने उहाँको भनाइ छ । 

    “बैठक पर्यटकीय क्षेत्रको विकास, लगानीको खोज, कृषि उपजको बजारीकरणका लागि कोशेढुङ्गा सावित हुनेछ, ढोरपाटनमा आलु र स्याउको पनि राम्रो सम्भावना छ”, उहाँले भन्नुभयो । 

    बैठकमा सहभागी हुन आउने उद्योगी तथा व्यवसायीहरू होटल तथा सामुदायिक घरबासमा पाहुनालाई राखिनेछ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्ययोजना छ । 

    सो अवसरमा उक्त टोलीले प्रसिद्ध ढोरबराह मन्दिरसमेत दर्शन गर्नेछ । ढोरपाटनमा देशभरका उद्योगी तथा व्यवसायीका नेता आउँदा यहाँको गरिमा बढ्ने ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र्र छन्त्यालले बताउनुभयो । 

    ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थान रहेकामा तिनीहरूको प्रचार–प्रसार हुने गरी बैठकको आयोजना गरिएको छ । 

    सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटक वृद्धि भएको छ । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटलको अभाव छ ।

  • खोटाङमा ट्रकको फल्स बटममा लुकाइएको १ हजार ३१५ किलो गाँजा नष्ट

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करिब रु दुई करोड मूल्य बराबरको १ हजार ३१५

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend