Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा लुम्बिनी केवलकार भोलीदेखि सञ्चालनमा आउने


१४, जेठ २०८०
  • 304
    SHARES
  • बुटवलमा लुम्बिनी केवलकार भोलीदेखि सञ्चालनमा आउने

    बुटवल। करिव एकबर्ष दुई महिना अगाडिदेखि बुटवलमा निर्माण गर्न लागेको लुम्विनी केवलकार भोलीदेखि सञ्चालनमा आउने भएको छ । केवलकार सञ्चालकले आइतवार केवरलकार निर्माण गरिएको बमघाटमा नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । सम्मेलनमा उक्त केवलकारका सञ्चालक चन्द्र ढकालको उपस्थितीमा गरिएको थियो । ४९ जना र ५१ प्रतिशत आईएमईको ५ अरब लगानीमा निर्माण गरिएको केवुलकार १ बर्ष २ महिनामा निर्माणकार्य सम्पन्न भएको छ । केवुलकारमा २५ वटा गन्डोला रहेको र एउटामा ८ जना बस्न मिल्ने सञ्चालक ढकालले पत्रकार सम्मेलनमा वताउँदै सातै प्रदेशमा केवलकार सञ्चालनमा ल्याउने जनाए ।

    उनले भने, हामीले तोकिएको समयावधि भित्र सञ्चालन गर्ने भनेपनि तर विभिन्न कानूनी अट्चनका कारण केही समय ढिला भएको जनाउँदै आफुहरुले ढिलै भएपनि बुटवलमा केवलकार सञ्चालन गर्न सफल भएको वताए । बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिकामा रहेको बसन्तपुर डाँडासम्म सवार गराउने रबसन्तपुरमा कामक्ष मन्दिर बनाएर धार्मिक एवं पर्यटन क्षेत्रलाई समेट्ने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गरे । १५० बेडको क्यासिनो सहितको होटल बनाउने र विशेषगरी भारतीय र बोद्धधर्मालम्बी पर्यटकहरुको आगमन गराउने लक्ष्य रहेको जनाए।

    बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यस केवलकारले यसक्षेत्रका होटल, पर्यटन क्षेत्र लगायतलाई फाईदा पुग्ने सञ्चालक ढकालको विश्वास छ । उनका अनुसार केवलकार सञ्चालनमा आएपछि बुटवलमा आउने पर्यटनलाई १२ दिनसम्म बस्ने गरि पर्यटन क्षेत्रको विकास गरिने समेत जनाए । उनका चन्द्रागिरी, मौलाकाली र बुटवल गरि ३ वटा केवलकार भएका छन् । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend