धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा छोराको मृत्यु भएको छ । सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन रहेको प्रहरीले जनाएको छ ।