Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लाखौं रकम झ्वाम पार्ने योजनामा सुनौलो सहकारी


१७, जेठ २०८०
  • 303
    SHARES
  • लाखौं रकम झ्वाम पार्ने योजनामा सुनौलो सहकारी

    बुटवल। मंगलबार राति ८ बजेतिर बुटवल उपमहानगरपालिका वडा न ११ देवीनगर होराइजन चोक अगाडि सर्वसाधारणहरु खचाखच भीड थियो ।  झट्ट हेर्दा दुर्घटना, झगडा जस्तो देखिएको उक्त भीडमा रुवाबासीसमेत चलेको थियो । सो क्रममा कसैले फोटो, भिडियो खिच्दै थिए, कोही निराश त, कोही आक्रोशित देखिन्थे ।

    तर त्यहाँ पुग्दा भने फरक घटना थियो । सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय अगाडिको दृश्यलाई बुझ्दा सहकारीबाट ठगिएका पीडित बचतकर्ताहरुको उपस्थिति थियो । सहकारीको होर्डिङ बोर्डमा दर्ता २०७८–०७९ लेखिएको तर शाखा कार्यालय हो कि प्रधान कार्यालय कुनै स्पष्ट देखिएन ।

    सहकारी कार्यालय नजिकका एक व्यापारीका अनुसार एक वर्ष अगाडि खुलेको बताए । दैनिक मजदूरी गरेर खाने र आफ्नो कलालाई सडकपेटीमा बसी मनकारी दानीहरुबाट प्राप्त रकमलाई जम्मा गरेका अपाङ्गता भएकाहरुलाई पटकपटक जाँदा पैसा नदिएको र करिब ६० लाख रुपैयाँ हिनामिना गरेको आशंकामा मंगलबार आक्रोशित बचतकर्ताहरुले कार्यालय घेराउ गरी आफूहरुको पैसा फिर्ता गर्न माग गर्दै उक्त सहकारीकी सञ्चालक तथा कर्मचारी झापाकी सिर्जना तामाङ र स्याङ्जाका आर्यन क्षेत्री समक्ष अपील गरे । तर उनीहरुले यसबारे कुनै जवाफ दिएनन् ।

    राति १० बजेसम्म पनि कुनै निकास नदिने, प्रष्ट रुपमा बचतकर्ताहरुलाई सम्बोधन गर्न नसकेपछि रातिमा हुनसक्ने घटनालाई मध्यनजर गरी वडा प्रहरी कार्यालय रामनगर बुटवलबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले बुधबार पीडित बचतकर्ताहरुसँग छलफल र सहकारीको वैधानिक आधिकारिकतालगायत विषय अनुसन्धान गरिने भनेर सहकारी प्रमुख तामाङ र क्षेत्रीलाई राति नै प्रहरीले नियन्त्रणमा लियो ।

    बचतकर्ताहरुले ६० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।  सहकारीले ठ्याक्कै कति रकम हिनामिना गरेको छ भन्ने तथ्य पुष्टि भएको छैन । यस विषयमा आज वडा प्रहरी कार्यालय बुटवलमा छलफल गरिने भएको छ । यता सुनौलो बहुउद्देश्यीय सहकारीको सञ्चालन समितिसमेत नभएको, स्थानीय पालिकामा दर्ता नभएको र जिल्ला सहकारी संघ रुपन्देहीमा समेत दर्ता नभएको जिल्ला सहकारी संघका सदस्य गंगालाल सापकोटाले जनाएका छन् । बुटवल वडा न–११ नजिक रहेको सहकारी आन्तरिक नभइ बाहिर आएर शेयर कर्ता नगराई दैनिक बचत रकम उठाउने गरेको पाइएको छ ।

    nirmala.jpg
    1685506032613.jpg
    1685506032638.jpg
    1685506032584.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend