काठमाण्डौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका छन् । बिहीबार धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले दुवै खुट्टा गुमाएर पनि हरेश नखाई सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताए ।
‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना । देउवाले भने ।