सिन्धुली । सुनकोशी नदीमा जीप खस्दा ३ जना बेपत्ता भएको छ । सानोठिमी भक्तपुरबाट खोटाङ् जाँदै गरेको सिटीइभीटीको सरकारी बी एबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ स्थित् सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएको हो ।
दुर्घटनामा चालक कृष्णबहादुर चौधरी घाइते भएको छ भने अन्य ३ जनाको अवस्था अज्ञात रहेको सिन्धुली जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा सवार सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यम प्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेलको अवस्था अज्ञात रहेको छ ।
स्कारपीयो मध्यपहाडि लोकमार्ग भन्दा १५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।