बुटवल । बुटवलको क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य तत्कालका लागि अनुगमन समितिले रोक लगाएको छ । हाल क्लव डेनोभो स्तरउन्नतीको क्रममा रहेको छ । भारतिय मूलका मजदुरबाट विना अनुमती नै फर्निचर सम्बन्धी कार्य गरेको सुचना पाईएपछि बुटवल उपमहानगरपालिकाको अनुगमन टोली मंगलवार विहान त्यहाँ पुगेको थियो ।
सोही क्रममा अनुगमन गर्दा फर्निचरको कार्य गर्ने अनुमती नलिई भारतिय नागरिक कामानिल सहमदको टिमले काम गरेको भेटिएको थियो । बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा सदस्य नहकुल शाहीले फर्निचर सम्बन्धी कार्य गर्ने अनुमती विना क्लव डेनोभोमा काम गरेको पाइएपछि औजारहरु नियन्त्रणमा लिएको बताए ।
त्यसबाहेक मंगलबार अन्य स्थानमा भएको अनुगमनका क्रममा अधिकांश स्थानमा विना दर्ता नै फर्निचर सम्बन्धी कार्य गरेको पाइएको थियो । बुटवल उपमहानगरपालिकाको अनुगमन समिति, बुटवल ११ का जनप्रतिनिधी, बुटवल फर्निचर संघ, प्रहरी सहितको टोलीले मंगलबार आधा दर्जन भन्दा बढि स्थानमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय स्थानमा भारतिय नागरिकबाट (पटके) काम भइरहेको भएपनि कुनै पनि दर्ता नभएको भेटिएको थियो । बुटवल उपमहानगरपालिका वडा नं ११ का जनप्रतिनिधी शाहीले बुटवलमा फर्निचर उद्योग सम्बन्धी कार्य गर्ने धेरै संख्यामा करको दायरा भन्दा बाहिर गएर काम गर्दै आएको बताए ।
बुटवल कालिका पथमा गरिएको अनुगमनमा सरास्वती घिमिरेको नाममा रहेको फर्मबाट सुनिल जिसीले काम गरेको, बद्री प्रसाद बडईले विना अनुमती काम गरेको, साथै क्लव डेनेभोमा कामानिद सहमदले लाखौ रुपैयाँ फर्निचरको काम दर्ता विना नै गरेको कर्कुत फेला परेको थियो । त्यसपछि अनुगमन टोलीले सवै सामान जफत गरेको थियो । दर्ता नगरी फर्निचर सम्बन्धी कार्य गरेका सवैलाई अनुगमन समितिले उपमहानगरपालिका भित्र र राजश्व कार्यालयमा दर्ता गरेर मात्र आउन भनिएको छ । जसले गर्दा राजस्व गुम्दै गएको बताईएको छ ।