सिन्धुली । सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । सानोठिमी भक्तपुरबाट खोटाङ् जाँदै गरेको सिटीइभीटीको सरकारी बी एबी ७४६७ नम्बरको स्कारपियो गाडी र दुई जनाको शव पाँचौं दिन भेटिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक कृष्णबहादुर चौधरी घाइते भएको छ भने अन्य ३ जना बेपत्ता भएका थिए । प्रहरीका अनुसार गाडीमा सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यम प्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेल सवार थिए ।
फेला परेको शवको अझै सनाखत हुन सकेको छैन । बेपत्ता रहेका एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । स्कारपीयो मध्य पहाडि लोकमार्ग भन्दा १५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।