Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक -प्रधानमन्त्री प्रचण्ड


२४, जेठ २०८०
  • 120
    SHARES
  • सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक -प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक भएको बताएका छन् । । बुधबार राष्ट्रिय सभाको बैठकमा भारत भ्रमण लगाएतका बिषयमा जानकारी गराउदै प्रधानमन्त्री प्रचण्डले यसअघि दुईपटक पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नगरेर संविधान उल्लंघन गर्ने काम भएकाले संकट उत्पन्न भएको भन्दै अहिलेको सरकारको अनुरोधमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु स्वभाविक भएको बताएका हुन् ।

    उनले राष्ट्रपतिले प्रक्रिया पुर्याएर पठाएको विधेयक प्रमाणीकरण नगरे विधेयकको अवस्था के हुन्छ भन्ने संविधानबाट स्पष्ट हुन नसक्दा समस्या भएको बताए । विधेयक उत्पति भएको ठाउँ खोज्दै जाँदा सरकार नै हो भन्ने निष्कर्षमा पुगेर राष्ट्रपतिलाई जानकारी गराएको र विधेयक प्रमाणिकरण भएको उनले बताए । उनले यस बिषयमा अदालतमा मुद्धा परिसकेको अवस्थामा अदालतले दिने आदेश स्वीकार्य हुने बताए ।

    प्रधानमन्त्री प्रचण्डले सीमा नाकामा देखिएको समस्या दुई देश मिलेर समाधान गर्ने बिषयमा सकारात्मक वातावरण बनेको जिकिर गरे । उनले भूमि सट्टा पट्टाका बारेमा कुनै कुरा नराखेको र यस बिषयमा आवश्यक परे प्रमाण देखाउन पनि तयार रहेको बताए । मुलुकको हितको पक्षमा भारत भ्रमणका क्रममा विवेकले भ्यायसम्म प्रयास गरेको र आफु सम्मानीत भएको महशुस भएको उनको भनाइ छ । उनले आफ्नो भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने दिशामा केन्द्रित रहेको बताए । 

    नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायतका भारतका अन्य शहरमा दुई तर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको उनले बताए । त्यसैगरी, जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समेत बलियो सहमति निर्माण भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    नेपाल र भारतबीच रहेको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबूत बनाउन भ्रमणले योगदान गरेको उनको भनाइ छ । त्यस्तै उनले गत वर्ष सम्पन्न आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रूपमा रहेको यो भारत भ्रमण विगतका भ्रमण भन्दा फरक पाएको र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत कोरेको जिकिर गरे । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend