Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सभापति देउवा र नेता कोइराला बीचकाे एकता आवश्यक छ- नेता बिश्वकर्मा


२५, जेठ २०८०
  • 191
    SHARES
  • सभापति देउवा र नेता कोइराला बीचकाे एकता आवश्यक छ- नेता बिश्वकर्मा

    काठमाण्डौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला बीचको एकताले पार्टीमा सुखद सन्देश दिने बताएका छन् । 

    ‘वडा तहसम्म लोकतन्त्रको अभ्यास गर्दा पार्टी भित्र समूह विभाजन भई गुट बन्यो । यसले गर्दा कार्यकर्ता र मतदातालाई निरास बनाएको छ भने प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको छ । यसले गर्दा उच्च तहमा सोच्नुपर्ने स्थिति बन्यो । सभापति  शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सहज वातावरणमा छलफल हुनु र एक ठाउँमा बसेर निर्णय गर्नुले सिंगो पार्टी पंक्तिमा एकताको सुख सन्देश जानेछ ।

    नेपाली रेडियो नेटवर्क कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा उनले भने पार्टीका आदरणीय नेताहरु र पदाधिकारी साथीहरुप्रति मेरो कुनै टिप्पणी छैन । नेपाली कांग्रेस ऐतिहासिक र सुझबुझ भएको पार्टी हो । हामिले राजनीतिलाई धरातलीय स्तरमा बुझ्नपर्छ । पार्टीलाई एकढिक्का र एकमत बनाएर अघि लैजान आवश्क छ । नेतृत्वको आलोचना मात्र नभएर आफ्नो कर्तव्यलाई भुल्नु हुदैन ।

    धमलाको प्रश्नमा नेता विश्वकर्माले भने आरजु देउवा मुलुकको प्रधानमन्त्री हुन नसक्ने कुनै कारण नभएको पनि बताए । उनले भने, ‘नेपाली कांग्रेसमा लागेका सबै साथीहरु प्रधानमन्त्री हुन योग्य हुनुहुन्छ भने आरजु किन नहुने?

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend