Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पर्यटन प्रवर्द्धन गर्न धुरीमार्ग निर्माण


१६, माघ २०८०
  • 367
    SHARES
  • पर्यटन प्रवर्द्धन गर्न धुरीमार्ग निर्माण

    बागलुङ । पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशमार्फत चालु आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाखले धुरीमार्ग निर्माण सुरु गरिएको हो । 

    धुरीमार्ग करिब डेढ सय किलोमिटर हुने छ । बागलुङ नगरपालिका–१३ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यू टावर, रायडाँडाको शान्ति गुम्बा–गाजाको दह, घोडाबाँधे बेलढुङ्गा, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय हुँदै बागलुङ कालिका जोडिने छ ।

    मन्त्रालयको बहुवर्षे योजनाअनुसार धुरीमार्गलाई अगाडि बढाइएको हो । यस वर्ष करिब एक किलोमिटर पदमार्ग निर्माण हुने छ । गत पुस ११ गतेदेखि निर्माण सुरु गरिएको धुरीमार्ग हालसम्म चार सय मिटर काम सकिएको धुरीमार्ग निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले जानकारी दिनुभयो । धुरीमा पदमार्ग बनाइने हुँदा यसलाई धुरीमार्ग भनिएको उहाँको भनाइ छ । 

    उहाँका अनुसार धुरीमार्ग स्लेट ढुङ्गा, रेलिङ, ढलानसहितको हुनेछ । स्लेट ढुङ्गा ताराखोला गाउँपालिका–१ माझखर्कबाट ढुवानी गरेर ल्याउँदा महङ्गो पर्ने हुँदा धेरै काम गर्न नसकिने थापाले बताउनुभयो । आगामी जेठको १५ गतेसम्म सक्ने गरी सम्झौता भएको जनाउँदै अध्यक्ष थापाले समयमै सामान उपलब्ध भए वैशाख दोस्रो साता नै काम सक्ने बताउनुभयो । 

    यस वर्षको बजेटले भैरवस्थानदेखि कुण्डेसम्म जोडिने उहाँको भनाइ छ । भौगोलिक कठिनाइ र चिसो मौसमका कारण अहिले कामलाई तीव्रता दिन केही समस्या भए पनि दैनिक आफूहरुले काम गरिरहेको अध्यक्ष थापाले बताउनुभयो ।

    उहाँँले भन्नुभयो, “इन्जिनियरको ‘स्टिमेट’ अनुसारको काम गरि रहेका छौँ, समयमै काम सक्ने योजना छ, दिनदिनै काम भइरहेको, ढुङ्गाको गुणस्तरमा ध्यान दिनुपर्ने छ, भिरपहरा फोडेर मार्ग निर्माण भइरहेको छ, बजेट ठूलो देखिन्छ, तर स्टिमेटअनुसार काम गर्दा धेरै काम गर्न सकिने रहेनछ, पदमार्ग सामान्य किसिमको बन्दै छैन, गुणस्तरीय नै बन्छ ।”

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकलाई हप्तौँसम्म बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न र पर्यटन प्रवद्र्धनका लागि धुरीमार्ग निर्माण गर्न थालिएको बताउनुभयो । यो पदमार्ग पूरा गर्नका लागि एकै वर्षमा सम्भव नभएको भन्दै बहुवर्षे योजनाका रुपमा यसलाई अगाडि बढाएको मन्त्री थापाको भनाइ छ ।

    बागलुङमा समथर भू–भागदेखि अग्ला पहाडका टुप्पोसम्म पर्यटकीय गन्तव्य रहेको हुँदा तल्लो क्षेत्रमा सडक र माथिल्लो क्षेत्रमा धुरीमार्गको प्रयोग गरी आन्तरिक तथा बाह्य पर्यटक घुम्न सक्ने उहाँले बताउनुभयो ।

    “धुरीमार्ग निर्माण सम्पन्नपछि बागलुङमा बाह्य पर्यटक बढ्ने छन्, ग्रामीण बस्तीसँग जोडिएको धुरीमार्गले गाउँको पर्यटनलाई प्रवद्र्धन गर्न महत्वपूर्ण टेवा पुग्ने छ, यो पदमार्गमा पर्यटकहरु हप्तौँ दिनसम्म यात्रा गर्न सक्ने छ । 

    भने त्यस आसपासमा रहेका घरबास ‘होम–स्टे’, होटल र रेष्टुरेन्ट राम्रोसँग चल्नेछन्, स्थानीय उत्पादनले बजार पाउनेछन्”, मन्त्री थापाले भन्नुभयो, “पर्यटन प्रवद्र्धनका साथसाथै रोजगार सृजना पनि हुने छ, यहाँ यात्रा गर्ने पर्यटकले बागलुङका दर्जनौँ धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्ने छन् ।”

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend