Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीको मालारानीमा बाख्राको सरकारी श्रोतकेन्द्र संचालनमा ल्याइने


इ खबर
२६, जेठ २०८०
  • 234
    SHARES
  • अर्घाखाँचीको मालारानीमा बाख्राको सरकारी श्रोतकेन्द्र संचालनमा ल्याइने

    भीम विश्वकर्मा,
    बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरीरहेको छ।

    प्रदेश सरकारले अर्घाखाँचीको मालारानीमा बाख्राको सरकारी श्रोतकेन्द्र संचालनमा ल्याउने भएको छ । भने कपिलवस्तुको कृष्णनगरमा बागवानीको सरकारी श्रोतकेन्द्र संचालनमा ल्याउने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार विउ विरुवा तथा नस्लका प्राथमीक सोतकालागि उक्त सरकारी श्रोतकेन्द्र संचालनमा ल्याइने भएको हो ।

    प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बिशेष् प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शेरचनले भने “कृषि र कृषकलाई प्रवर्धन गर्न प्रतिफल‌मा आधारीत प्रोत्साहन अनुदानलाई निरन्तरता दिईने छ । कृषि पेशालाई प्रर्यादीत र सम्मानीत वनाउन कृषि तथा पशुपति क्षेत्रमा उत्पादन तथा प्रविधी हस्तान्तरणमा उदाहरणीय योगदान पुराउने कृषकलाई सम्मान गरीने छ ।”

    कृषिको आधुनिकिकरण तथा ब्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्व बृद्धि गर्न सरकारले बालिबस्तु बिशेष सघन ब्यवसायिक उत्पादन क्षेत्र बिकास गर्ने भएको छ । यस अन्तर्गत अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा सुन्तला जातका फलफूल र तरकारी उत्पादनलाई प्रबर्धन गरीने भएको छ ।

    यस्तै पशुपंक्षीतर्फ अर्घाखाँचीमा गाई र बाख्रा पालन ब्यवसायलाई पकेट क्षेत्र कनाएर प्रबर्धन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend