Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भ्याटको दर घट्दै जाने र छुट हरेक बर्ष बढ्दै जाने प्रवृतिलाई हटाइने - अर्थमन्त्री महत


२६, जेठ २०८०
  • 203
    SHARES
  • भ्याटको दर घट्दै जाने र छुट हरेक बर्ष बढ्दै जाने प्रवृतिलाई हटाइने  - अर्थमन्त्री महत

    काठमाण्डाै । अर्थमन्त्री डा प्रकाशशरण महतले बैज्ञानिक कर प्रणालीका कारण राजस्वको दायरा फराकिलो हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिदै अर्थमन्त्री महतले भ्याटको दर घट्दै जाने र छुट हरेक बर्ष बढ्दै जाने प्रवृतिलाई हटाइएको र राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका हुन् ।

    अर्थतन्त्रलाई सहज बनाउनका लागि बजेटले चालेको कदमका बिरुद्ध केहि स्वार्थ समूहहरु विरोधमा उत्रेको उनले बताए । उनले करको दायराले स्वदेशमा नै उत्पादन हुने प्याज आलू जस्तो बस्तुलाई कुनै असर नपर्ने र आयातलाई निरुत्साहन गर्नका लागि करको प्रस्ताव ल्याइएको जिकिर गरे ।

    विद्युतीय सवारी साधानमा कर तथा दैनिक उपभोग्य वस्तुमा कर लगाउँदा आम नागरिकलाई असर नगर्ने उहाको भनाइ छ । विधुतिय सवारीमा कम क्षमताका सवारीका लागि कम दर, बढी क्षमताका लागि बढी, त्योभन्दा पनि बढी क्षमताका गाडीलाई अझ बढी दर लगाइएको अर्थमन्त्रीले बताए । उनले विद्युतीय सवारी साधनमा करको दर हेरफेर गर्दा सूचना चुहाएको आरोप झुटो भएको जिकिर गरे । त्यस्तै उनले ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य प्रभाकारी खर्च , नीजि क्षेत्रको सहि तवरले परिचालन भए सम्भव रहेकाले महत्वकांक्षी नभएको दावी गरे । 

    उनले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम माथि अविश्वास गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे । त्यस्तै अर्थमन्त्री महतले स्थानीय उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नका लागि बजेट मार्फत आवश्यक सहजीकरण गरिएको तर्क गरे । 

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend