Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

क्यानडा-पोल्याण्ड : नक्कली भिसा देखाएर लाखौं असुली


२६, जेठ २०८०
  • 327
    SHARES
  • क्यानडा-पोल्याण्ड : नक्कली भिसा देखाएर लाखौं असुली

    तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका-१५ का गगन कार्कीले धन कमाउनका लागि आफ्नो छोरालाई क्यानडा पठाउने तयारीमा जुटे ।

    छोरालाई युरोप देशमा पठाएर अनेकौं अपेक्षा राख्दै त्यहाँ पठाउने एजेन्टको खोजीमा लागे र तुलसीपुर उपमहानगरपालिका-७ का अंकित अधिकारीलाई भेटे र प्रक्रिया अगाडि बढाए । 

    तर पछिल्लोसमय सोही एजेन्ट अधिकारीले भिसा र टिकट आईसक्यो, तयारी अवस्थामा बस यही जेठ १६ गते उडान हुने भएको छ भनेर खवर गर्दै कार्कीसँग १७ लाख रुपैयाँ बुझे । 

    सोही उपमहानगरपालिका-२ खैरीपुरका गंगा बहादुर डाँगीले पनि गत जेठ १६ गते क्यानडा जाने भन्दै १५ गते घरबाट विदाई भएर काठमाण्डौँ हिँडे । अर्का रोहित केसी पनि क्यानडा जानका लागि विभिन्न समयमा गरी २७ लाख रुपैयाँ बुझाए । उनी पनि एजेन्टले दिएको मितिमा क्यानडा उडानको लागि काठमाण्डौँ हानिए । मिठा सपना र योजना बुनेर काठमाण्डौं गएका युवाहरु उडान हुने दिन र जानकारी गराईएको समयसम्ममा पनि कागजपत्र नपाएपछि आफूहरु ठगिएको आशंका गरे ।

    एजेन्ट अधिकारीले नक्कली टिकट र भिसा देखाएर आफुहरु बाट पैसा असुलेको घरबाट साईत गरेर काठमाण्डौँ गएपछि मात्रै ठगिएको थाहाँ पाए । उनि भन्छन्, "विभिन्न मितिमा गरि मैले एजेन्ट अधिकारीलाई २५ लाख बुझाएको छु । " यसरी हामीलाई विदेश पठाउँछु भनेर ऋण काढेर बुझाएको पैसा डुबेपछि न्यायका लागि यतिबेला प्रहरी कहाँ गएको र कारबाहीका लागि अपिल गरेका छौं । उनले भने ।

    क्यानडा र पोल्याण्ड पठाउने भनि विभिन्न ब्यक्तिहरुबाट लाखौँ पैसा  असुल गरेर अंकित अधिकारी फरार भएपछि पीडितहरु चिन्तित बनेका छन्। दाङका विभिन्न ब्यक्तिहरुलाई क्यानडा र पोल्याण्ड पठाउने भनेर नक्कली भिसा र टिकट देखाएर उनीले एक लाखदेखि २७ लाख रुपैयाँसम्म असुलेर भागेपछि पीडितहरुको स्थिति गम्भीर बनेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend